काठमाडौं । नेपालमा १५ सयभन्दा बढी गाडी सडकमा गुडिसकेको अवस्थामा ओमोडाले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयुभी ‘ई५’ को नयाँ संस्करण ‘ई५ प्रो’ नेपाली बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीका अनुसार नयाँ ‘ई५ प्रो’ थप परिष्कृत प्रविधि, आकर्षक डिजाइन तथा स्मार्ट कनेक्टेड फिचरसहित आउनेछ । ओमोडाको अर्को पुस्ताको इलेक्ट्रिक लाइन अपका रूपमा प्रस्तुत गरिएको यो मोडलले आधुनिक ग्राहकलाई लक्षित गर्दै स्मार्ट, सुरक्षित र भावनात्मक मोबिलिटी अनुभव दिने लक्ष्य राखेको छ ।
नयाँ ई५ प्रोमा भविष्यवादी एक्स्टेरियर डिजाइन, थप आरामदायी इन्टेरियर, अत्याधुनिक सुरक्षा प्रविधि तथा प्रिमियम फिचरहरू समावेश गरिएको कम्पनीले जनाएको छ । हाल नेपाली बजारमा उपलब्ध ‘ओमोडा ई५’ मा ५४० डिग्री प्यानोरामिक क्यामेरा, १८ इन्च अलोय ह्विल, १९ भन्दा बढी एड्भान्स ड्राइभर असिस्टेन्स (एड्यास) सुरक्षा फिचर, आठ स्पिकर प्रिमियम साउण्ड सिस्टम तथा ५० वाट वायरलेस चार्जरजस्ता सुविधा उपलब्ध छन् ।
डिजाइन, प्रविधि र प्रदर्शनका कारण ओमोडा ई५ नेपाली इभी प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ । नेपालमा सबैभन्दा तीव्र रूपमा विस्तार भइरहेको अटोमोबाइल ब्राण्डमध्ये एकका रूपमा ओमोडाले छोटो समयमै ग्राहकको विश्वास जित्न सफल भएको जनाएको छ ।
कम्पनीले नयाँ ‘ई५ प्रो’ मार्फत् अझ उन्नत प्रविधि, परिष्कृत डिजाइन तथा स्मार्ट कनेक्टेड मोबिलिटी अनुभव प्रदान गर्दै ग्राहकको भरोसालाई थप मजबुत बनाउने लक्ष्य लिएको छ ।
नेपालमा विद्युतीय सवारीसाधनको पूर्वाधार विस्तार हुँदै जानु, ग्राहकको विश्वास बढ्नु तथा प्रिमियम इलेक्ट्रिक एसयुभीप्रति आकर्षण वृद्धि भइरहेका बेला ‘ई५ प्रो’ को आगमनले नेपाली अटोमोबाइल बजारलाई आधुनिक इलेक्ट्रिक मोबिलिटीको नयाँ चरणतर्फ अघि बढाउने अपेक्षा गरिएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र