काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालमा ४५ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्म ७२८ परियोजनामार्फत्् ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो । गत चैतसम्म ६१५ परियोजनाबाट ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ प्रतिबद्धता आएको थियो ।
विभागको तथ्यांकअनुसार सबैभन्दा बढी लगानी प्रतिबद्धता कृषिमूलक उद्योगमा आएको छ । १६ कृषिमूलक परियोजनामा २२ अर्ब आठ करोड ८० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।
विभागको तथ्यांकअनुसार सबैभन्दा बढी लगानी प्रतिबद्धता कृषिमूलक उद्योगमा आएको छ । १६ कृषिमूलक परियोजनामा २२ अर्ब आठ करोड ८० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो । पर्यटन क्षेत्रतर्फ १८९ परियोजनामा १२ अर्ब ५४ करोड ७० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । सेवामूलक ५५ परियोजनामा चार अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । उत्पादनमूलक ४२ परियोजनामार्फत् दुई अर्ब ७० करोड रुपैयाँ तथा पूर्वाधार क्षेत्रको एक परियोजनामा एक अर्ब ६५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
सूचना प्रविधि (आइटी) क्षेत्रका ४२१ परियोजनामा एक अर्ब ७४ करोड ३८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । ऊर्जा क्षेत्रका दुई परियोजनामा २३ करोड ४२ लाख रुपैयाँ तथा खनिजमूलक दुई परियोजनामा ११ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । वैशाख महिनामा मात्रै ११३ परियोजनामार्फत् तीन अर्ब ५२ करोड ३० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।





राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र