काठमाडौं । साहित्यकार ध्रुबकृष्ण ताम्राकारको उपन्यास ‘दह’को लोकार्पण एक समारोहबीच सम्पन्न भएको छ । सो उपन्यासको लोकार्पण कार्यक्तमका प्रमुख अतिथि तथा उपन्यासकार प्राडा.विष्णु एस राई, साहित्यकार सूर्यप्रसाद लाकोजू, समालोचक डा.हरिप्रसाद सिलवाल, कथाकार तथा समालोचक ध्रुब मधिकर्मी, सर्जक ध्रुबकृष्ण ताम्राकारलगायतले सो उपन्यासको संयुक्तरूपमा लोकार्पण गर्नुभयो । दह लोकार्पण गर्दै कार्यक्रमका प्रमुख अतिथि उपन्यासकार राईले उपन्यास एक प्रेम-उपन्यास भएको र प्रेममा पीडा, आनन्द, मिलन, बिछोड हुने विचार राख्नुभयो ।
त्यस्तै समालोचक तथा लेखक डा.हरिप्रसाद सिलवालले उपन्यासको शीर्षक ‘दह’ आफैंमा प्रतीकात्मक रहेको विचार राख्नुभयो भने अर्का वक्ता साहित्यकार ध्रुब मधिकर्मीले दह नेपाली समाजको प्रतिबिम्ब भएको विचार व्यक्त गर्नुभयो । साहित्यकार सूर्य लाकोजूले मानिसको जीवन आफूले सोचेजस्तो नहुने र जिन्दगी निरन्तर नदीझैँ नबग्ने कहिलेकाहिँ दहजस्तै जम्ने विचार व्यक्त गर्नुभयो ।
उपन्यासकार ताम्राकारले उपन्यास नेपाली जीवनको यथार्थ भएको धारणा राख्नुभयो । अन्य विधाका पुस्तकहरू प्रकाशित भएका भए पनि उहाँको उपन्यासमा पहिलो पुस्तक हो । दह अक्षर मार्गले बजारमा ल्याएको हो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र