काठमाडौं । वैदिक सनातन हिन्दु अधिराज्य नेपाल विषयमा एक समारोहका बीच विचार गोष्ठी आष्योजना गरिएको छ । पृथ्वी पथ प्रतिष्ठान आयोजक रहेको उक्त कार्यक्रम होटल हिमालय ललितपुरमा आयोजना भएको थियो । शनिबार आयोजना भएको उक्त कार्यक्रमको सभापतित्व भरत बस्नेतले गर्नुभयो भने पूर्वउपप्रधानमन्त्री कमल थापा प्रमुख अतिथि रहनुभएको थियो ।
विशिष्ठ अतिथिका रूपमा भारतबाट आउनुभएका स्वामी नरेन्द्रन् रहनुभएको थियो । कार्यक्रमको सुरुमा सभापति बस्नेतले हिन्दु धर्मको हिजो र आजको अवस्था, राजतन्त्रको अपरिहार्यता बारेमा आफ्नो विचार राख्नुभएको थियो ।
कार्यक्रमका वक्ता बुद्धछिरिङ मोक्तानले नेपाल इतिहासकै सबैभन्दा कमजोर अवस्थामा आइपुगेको विचार व्यक्त गर्दै यसको कारण हाम्रो राजनीति र धर्मको कमजोर उपस्थिति हो भन्नुभयो । अर्का वक्ता भिक्षु आनन्दले वर्तमान अवस्थामा विधर्मीहरूको बढ्दो अभियानका कारण हामी हिन्दु बौद्ध आदि भनेर विभाजित बन्नु हुँदैन भन्नुभयो । भातीय प्रतिनिधि नरेन्द्रन्ले नेपाल वास्तविक सनातनी राष्ट्र हो, यो शिवको घर हो भन्नुभयो । उहाँले भारत र नेपाल दुबैको दुश्मन एकै भएको हुँदा हिन्दु सनातन धर्म जोगाउन एक भएर लाग्नुपर्छ भन्ने धारण राख्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री कमल थापाले नेपाल दक्षिण एशियाको सबैभन्दा जेठो भूमि हो र धर्ममा पनि यहाँका सबै धर्महरू सर्वप्रचीन छन् भन्नुभयो । उहाँले यही भूमिबाट पूर्वीय दर्शन तथा धर्मशास्त्रहरूको रचना भएका भन्दै प्रचीनकालदेखिका रीतिस्थिति धर्म र परम्पराहरूलाई संगृहीत गरी सनातन वैदिक धर्म र धर्मशास्त्रहरू तयार भएका हुन् भन्ने विचार व्यक्त गर्नुभयो ।
संविधानमा रहे पनि नरहे पनि हाम्रो देश हिजो, आज र भोलि पनि वैदिक सनातन हिन्दु अधिराज्य नै रहिरहने उहाँको धारणा थियो । सबै धर्मप्रति आफ्नो समान सम्मान रहे पनि तीव्र गतिमा धर्म परिवर्तन भइरहेको हुँदा भोलि हामी हिन्दु र बौद्ध धर्मावलम्बीहरू पनि अल्पमतमा पर्नसक्ने सम्भावना चिन्ताको विषय हो भन्ने उहाँको धारणा थियो । उहाँले समयसापेक्ष रूपमा सबै धर्म अटाउने राजासहितको हिन्दु अधिराज्य स्थापना गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो । कार्यक्रम सुन्दरसिंह बोहोराले सञ्चालन गर्नुभएको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र