काठमाडौं । एक समारोहबीच औपन्यासिक कृति ‘चेतनकक्ष’को लोकार्पण भएको छ । प्रज्ञाभवन कमलादीमा सार्वजनिक उक्त पुस्तकको लोकार्पणपछि पुस्तकमाथि अन्तर्क्रियासमेत भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेती, विशिष्ठ अतिथिका रूपमा पूर्वसदस्यसचिव प्राडा.जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’, प्राडा.हेमनाथ पौडेल, प्राडा.ऋषिराम शर्मा, प्राडा.नारायणप्रसाद गड्तौला, प्राडा.खगेन्द्रप्रसाद लुइँटेल, साहित्यकार बिसुकुमार केसीलगायत रहनुभएको थियो । उक्त कार्यक्रममा वक्ताका रूपमा डा.उमेश काफ्ले, महेश कार्की क्षितिज, उषा आचार्य, आचार्य विनयीले रहनुभएको थियो ।
राजिन पनेरुद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा अधिवक्ता सरोजकुमार गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता उपन्यासकार शक्ति नेपालले नै गर्नुभयो । कार्यक्रममा डा.नवराज लम्साल, डा.नीलम कार्की निहारिका, नारायण नेपाल, उषा आचार्य र आरपी गजुरेलको समीक्षा समेटिएको थियो ।
प्रा.डा शैलेन्दुप्रकाश नेपाल, टंकमणि पौडेल, गणेश बास्तोला, कृष्ण खत्री, गुरु पौडेल, रश्मि सिग्देल, युवराज कार्कीलगायतले मौखिक तथा लिखित प्रश्न गर्नुभएको थियो । उपन्यासकार नेपालले उठाएको सन्दर्भ समकालीन समाजका मानिसको संयमता विकासका लागि कोसेढुंगाका रूपमा सावित भएको प्रतिक्रिया प्राप्त गर्यो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…