बैतडी । जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ । पुराना स्वास्थ्य सामग्री राखिएको गोदाममा आज दिउँसो करिब ३:३० बजेको समयमा आगलागी भएको हो ।
फोहर जलाउन बालेको आगोबाट अस्पतालको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।आगलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना र स्थानीयको मद्दतमा ४ बजे नियन्त्रणमा आएको उहाँले बताउनुभयो ।
गोदाममा प्रयोग गरिसकेका स्वास्थ्य सामग्री र लिलामी प्रक्रियामा रहेका सामग्री राखिएको प्रहरीले जनाएको छ । आगलागी बाट भएको क्षतिको विवरण आउन बाकी रहेकोे प्रहरी निरीक्षक बडूले जानकारी दिनुभयो







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र