जिउछ्वान । चीनले नयाँ मानवसहित अन्तरिक्ष अभियानका लागि अन्तरिक्षयान प्रक्षेपणको तयारी पूरा गरेको जनाएको छ । सार्वजनिक गरिएको जानकारी अनुसार अन्तरिक्षयान र त्यसलाई अन्तरिक्षमा लैजानेवाहक रकेटलाई उत्तरपश्चिम चीनस्थित जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्रको प्रक्षेपण क्षेत्रमा सफलतापूर्वक स्थानान्तरण गरिएको छ ।
चिनियाँ अधिकारीले प्रक्षेपणका लागि आवश्यक प्राविधिक परीक्षण, उपकरण जाँच तथा अन्तिम तयारी भइरहेको बताएका छन् । मौसम अवस्था र प्राविधिक मूल्यांकनपछि उपयुक्त समयमा प्रक्षेपण गरिने जनाइएको छ । यो अभियान चीनको अन्तरिक्ष कार्यक्रमको अर्को महत्त्वपूर्ण चरण मानिएको छ । यसमार्फत अन्तरिक्ष यात्रीलाई चीनको अन्तरिक्ष केन्द्रमा पठाइने अपेक्षा गरिएको छ ।
चीनले पछिल्ला वर्षमा अन्तरिक्ष प्रविधिमा तीव्र प्रगति गर्दै आफ्नै अन्तरिक्ष केन्द्र सञ्चालन गरिरहेको छ र नियमितरूपमा मानवसहित अन्तरिक्ष अभियान सञ्चालन गर्दै आएको छ । जिउछ्वान प्रक्षेपण केन्द्र चीनको प्रमुख अन्तरिक्ष प्रक्षेपण स्थलमध्ये एक हो, जहाँबाट अधिकांश मानवसहित अन्तरिक्ष अभियान प्रक्षेपण गरिन्छ । अभियान सफल भएमा चीनको अन्तरिक्ष अनुसन्धान तथा दीर्घकालीन अन्तरिक्ष योजनामा थप उपलब्धि हाँसिल हुने विश्वास गरिएको छ । रासस/सिन्ह्वा





राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र