काठमाडौं । साहित्यकार तथा साहित्यिक पत्रकार रामप्रसाद पन्तका दुई नियात्राकृति एकसाथ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्राडा. गोविन्दराज भट्टराईलगायत साहित्यकारहरूले ‘शिखर शिखरको सौन्दर्य’ र ‘शिवलोकको आलोक’ कृतिको लोकार्पण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्राडा.भट्टराईले पन्तको साहित्य लेखन आफ्नै मौलिक शैलीको रहेको बताउनुभयो । उहाँले कृतिकारका विभिन्न कृति आफूले अध्ययन गरेको उल्लेख गर्दै पन्तको यात्रा साहित्यमा विशेष योगदान रहेको धारणा राख्नुभयो । साहित्यकार प्रमोद प्रधानले ‘शिखर शिखरको सौन्दर्य’माथि समीक्षात्मक मन्तव्य राख्दै पन्तका नियात्रामा सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक विषयवस्तुको प्रभावकारी अभिलेखीकरण भएको बताउनुभयो ।
त्यसैगरी अर्का समीक्षक प्राडा.रामप्रसाद ज्ञवालीले ‘शिवलोकको आलोक’माथि चर्चा गर्दै पन्तले पाठकमाझ महत्त्वपूर्ण कृतिहरू प्रदान गरेको बताउनुभयो । ‘शिखर शिखरको सौन्दर्य’ र ‘शिवलोकको आलोक’ पन्तका क्रमशः २४औं र २५औं नियात्रासंग्रह हुन् । यीसहित विभिन्न विधामा उहाँका ४८ पुस्तक प्रकाशित भइसकेका छन् ।
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कृतिकार पन्तसहित साहित्यकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’, युवराज मैनाली, मोहन चापागाईं तथा प्राडा.भागवत ढकालले पनि आ-आफ्नो धारणा राख्नुभएको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र