काठमाडौं । दरबारमार्गस्थित होटल याक एण्ड यति शुक्रबार साँझ फेसनमय बन्यो । आईईसी कलेजद्वारा आयोजित ‘आईईसी डिजाइनर रनवे-१५’ नामक फेसन शोमा चर्चित सेलिब्रेटी र मोडलहरूले आकर्षक फेसन डिजाइन प्रस्तुत गरेका थिए ।
भव्य सजावटसहित आयोजित कार्यक्रममा शिल्पा मास्के, निती शाह, स्वस्तिमा खड्का, आँचल शर्मा, अस्मी श्रेष्ठ, कविता नेपाली, हिमाञ्चल राज केसी, श्रीच्छा प्रधान, आस्था पोखरेल, सबिता कार्की, इभा गिरी, आना शर्मा, मलिका महत, अदिति अधिकारी, दीपशिखा नेपाल तथा प्रेमा लमगाडेलगायतले नयाँ तथा आकर्षक डिजाइनसहित र्याम्पमा प्रस्तुति दिनुभएको थियो । उहाँहरूको प्रस्तुति देखेर दर्शकदीर्घाबाट सिटी र तालीको वर्षा भएको थियो ।
फेसन शोमा ६६ भन्दा बढी डिजाइनरहरूले तयार पारेका विभिन्न फेसन डिजाइन ३० व्यावसायिक मोडलहरूले १७ वटा सिक्वेन्समार्फत र्याम्पमा प्रदर्शन गरेका थिए । कार्यक्रमको कोरियोग्राफी भारतीय कोरियोग्राफर यतिन गान्धीले गर्नुभएको थियो भने शो व्यवस्थापन नेक्स्ट मोडलस् नेपालले गरेको थियो । सहभागीहरूले यसलाई नेपालमा आयोजित भव्य फेसन शोमध्ये एक भएको प्रतिक्रिया दिएका थिए । नेक्स्ट मोडलस्का सिइयो रवि धमलाले अहिलेसम्मकै उत्कृष्ट फेसन शो व्यवस्थापन गर्न सफल भएको दाबी गर्नुभयो ।
कार्यक्रमकी आयोजक तथा आईईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले नेपाली फेसन उद्योगलाई नयाँ उचाइ दिने र नेपाली डिजाइनरहरूको कलालाई प्रवर्द्धन गर्ने उद्देश्यले शो आयोजना गरिएको बताउनुभयो ।





राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र