काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा सात वटा उजुरी परेको छ । सङ्घीय संसद् सचिवालयले उक्त जानकारी दिएको हो ।
वैशाख २६ गते संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो । समितिले उहाँलाई प्रधानन्यायाधीश पदका लागि अनुपयुक्त ठान्ने व्यक्तिहरूलाई स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन सार्वजनिक सूचना जारी गरेको थियो ।
उजुरी दर्ताका लागि १० दिनको समय तोकिएको थियो भने उजुरीकर्ताले आफ्नो नाम, थर, ठेगाना र फोन नम्बर अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको थियो । उजुरी दिने समय सोमबारसम्म कायम रहेको बताइएको छ ।
समितिमा प्राप्त उजुरीहरूमाथि छलफल र छानबिन गरिनेछ । त्यसपछि मात्रै प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग प्रत्यक्ष संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने जनाइएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र