काठमाडौँ। एसएस ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक राजीव जैनले नेपालको महालंगुर हिमशृंखलामा अवस्थित प्रसिद्ध हिमाल मेरा पिक (६ हजार ४७६ मिटर) सफलतापूर्वक आरोहण गर्नुभएको छ ।
उक्त सफलताले व्यक्तिगत साहस, दृढता र आत्मविश्वासको उदाहरण प्रस्तुत गर्नुका साथै नेपाललाई विश्वस्तरीय साहसिक पर्यटन गन्तव्यका रूपमा पुनः चिनाएको बताइएको छ ।
उहाँको हिमाल यात्रा वैशाख महिनामा काठमाडौंबाट लुक्लातर्फ प्रस्थानसँगै सुरु भएको थियो । हिमाली बस्ती, दुर्गम पदमार्ग, हिमनदी तथा उच्च हिमाली भूभाग पार गर्दै उहाँ बिहान करिब ६ः४५ बजे मेरा पिकको शिखरमा पुग्न सफल हुनुभएको जनाइएको छ ।
महालंगुर हिमशृंखलामा पर्ने मेरा पिक विश्वका चर्चित ट्रेकिङ शिखरमध्ये एक मानिन्छ ।
राजीव जैनले यो आरोहण अनुभवी पर्वतीय मार्गदर्शक राजेश लामाको नेतृत्वमा सम्पन्न गर्नुभएको हो । उहाँ ‘लामा वाक्स’मार्फत विभिन्न हिमाली रुटमा साहसिक अभियान सञ्चालन गर्दै आउनुभएको छ ।
५० वर्षीय शाकाहारी जैनले उच्च हिमाली क्षेत्रमा आवश्यक शारीरिक तथा मानसिक तयारी, अनुशासन र आत्मविश्वास भए कठिन आरोहण पनि सम्भव हुने सन्देश आफ्नो सफलतामार्फत दिनुभएको छ ।
यो अभियानलाई व्यक्तिगत उपलब्धिभन्दा बाहिर नेपालको पर्यटन प्रवर्द्धनसँग जोडेर हेरिएको छ । हिमाल, संस्कृति, स्थानीय आतिथ्यता र साहसिक अनुभवको संयोजनले नेपाललाई विश्वकै उत्कृष्ट ट्रेकिङ तथा पर्वतारोहण गन्तव्यका रूपमा स्थापित गरिरहेको सन्देश यस यात्राले पुनः उजागर गरेको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र