झापा । झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दुर्गापुरबाट जुकेखाडीतर्फ आउँदै गरेको मे४प ७१९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक कन्काई नगरपालिका–४ का ३५ वर्षीय मनोज कुमाल गम्भीर घाइते भएका थिए ।
घाइते कुमाललाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा थप उपचारका लागि नोबेल अस्पताल विराटनगर रेफर गरिएको थियो । कुमालको उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र