काठमाडौँ । प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अवैध लागुऔषधसहित झापा, पर्सा, मकवानपुर, बाँके, सुनसरी र कास्कीबाट गरी ११ जना पक्राउ गरेको हो ।
त्यसैगरी प्रहरीले हत्याको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका-३ थानकोट खरिबोट बस्ने महोत्तरी घर भएका २० वर्षीय जाकिर मन्सुरीको हत्या गरेको अभियोगमा चन्द्रागिरि नगरपालिका-३ खरिबोट बस्ने महोत्तरी घर भएका ३८ वर्षीय समि अहमदलाई प्रहरीले पक्राउ गरेको हो । साथै ५४ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-४ बुटाबारी बस्ने ६० वर्षीय देवसिंह बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।
कर्जन्हा नगरपालिका-११ बाट अवैध लागुऔषध गाँजा करिब २७६ किलो शनिबार राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले सोही ठाउँस्थित झाँडीमा ११ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र