काठमाडौं । नेपाली युवामाझ लोकप्रिय एक्स्ट्रिम इनर्जी ड्रिंक्सले आगामी विश्वकप फुटबल प्रतियोगिता २०२६ को माहोललाई थप रोमाञ्चक बनाउन ‘स्क्यान मा सुन’ नामक आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । फुटबलप्रेमी तथा ग्राहकलाई लक्षित गर्दै ल्याइएको यस अभियानअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंक्सको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण भर्ने ग्राहकहरू गोलाप्रथामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अभियानमार्फत सहभागीहरूमध्ये तीन जना भाग्यशाली विजेतालाई जनही सुनको बल पुरस्कार प्रदान गरिनेछ । यो योजना जेष्ठ १ गतेदेखि विश्वकप फुटबल प्रतियोगिता २०२६ को खेल अवधिभर सञ्चालन हुने बताइएको छ ।
विश्वकप फुटबल २०२६ को विश्वव्यापी उत्साहलाई नेपाली बजारसँग जोड्दै ग्राहकलाई थप उत्साहित र सहभागी बनाउने उद्देश्यले योजना ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ‘स्क्यान मा सुन’ अभियानले फुटबलप्रेमी युवाहरूमा मनोरञ्जन, सहभागिता र पुरस्कारको उत्साह एकैसाथ प्रदान गर्ने विश्वास लिइएको छ ।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विगतदेखि नै युवा लक्षित विभिन्न नवीनतम अभियान सञ्चालन गर्दै आएको उल्लेख गर्दै यस अभियानले बजारमा थप उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको जनाएको छ । अभियानसम्बन्धी थप जानकारी कम्पनीको आधिकारिक सामाजिक सञ्जालमार्फत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।





राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र