काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय ओडिआइ क्रिकेटमा सर्वाधिक छिटो १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान कायम गरेका छन् ।
आज स्कटल्याण्डविरुद्ध जारी खेलमा २ विकेट लिँदै उनले यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन् । स्कटल्याण्डका ब्रान्डेन म्याकमुलनलाई आउट गर्दै सन्दीपले आफ्नो १५०औँ विकेट पूरा गरेका थिए ।
सन्दीपले ७३ ओडीआई खेलमै १५० विकेट पूरा गर्दै यो कीर्तिमान बनाएका हुन् । यसअघि यो रेकर्ड अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो, जसले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए ।
यो उपलब्धिसँगै सन्दीप लामिछाने विश्व क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने बलर बनेका छन् ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…