काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता तथा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले संसद्को रोस्टमबाट व्यक्त गरेका केही शब्दका कारण परेको असरप्रति क्षमायाचना गर्नुभएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले संसदीय मर्यादा र सभामुखको आदेशप्रति आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै आफ्ना अभिव्यक्तिका कारण जनमानसमा पर्न गएको असरप्रति दुःख व्यक्त गर्नुभएको हो।
सभापति पराजुलीले सम्माननीय सभामुखले आफ्ना केही शब्द असंसदीय तथा अशिष्ट भएको भन्दै रेकर्डबाट हटाउन दिएको आदेशलाई उच्च सम्मानका साथ स्वीकार गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “सदनको रोस्टमबाट व्यक्त भएका मेरा केही शब्दहरू असंसदीय र अशिष्ट भएको भनी प्रश्न उठेपछि सभामुखज्यूले ती शब्द हटाउन दिनुभएको आदेशलाई म सम्मान गर्दछु। मेरा शब्दका कारण आम जनतामा पर्न गएको असर र दुःखप्रति म गहिरो क्षमायाचना व्यक्त गर्दछु।”
उहाँले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख स्वर्गीय सुवास नेम्वाङलाई स्मरण गर्दै उहाँबाट सिकेको संसदीय अभ्यास र मर्यादाको पाठले आफूलाई मार्गनिर्देशन गरेको उल्लेख गर्नुभयो।
बैठकमा ‘प्रतिनिधिसभा नियमावली, २०८३’ को मस्यौदामाथिको सैद्धान्तिक छलफल सम्पन्न भएको जानकारी दिँदै उहाँले सन् १२१५ को म्याग्नाकार्टादेखि नेपालको २०१६ सालको पहिलो संसदीय अभ्यास हुँदै हालसम्मका सातवटा नियमावलीको विकासक्रमबारे चर्चा गर्नुभयो।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…