काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरणमाथि निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद शाहले पूर्वगृहमन्त्री गुरुङले सार्वजनिक गर्नुभएको सम्पत्ति विवरण अस्वाभाविक र शंकास्पद देखिएको भन्दै तत्काल अनुसन्धान आवश्यक रहेको बताउनुभयो।
उहाँले “पूर्वगृहमन्त्री सुधन गुरुङले सार्वजनिक गर्नुभएको सम्पत्ति विवरण अत्यन्त अस्वाभाविक र शंकास्पद देखिएकाले यसमाथि तत्काल निष्पक्ष छानबिन हुनुपर्छ” भन्नुभयो।
सांसद शाहले गुरुङलाई जोगाउन उद्देश्यसहित हालको छानबिन समिति गठन गरिएको आरोपसमेत लगाउनुभयो। उहाँले संशयको घेरामा रहेका पूर्वगृहमन्त्रीलाई चोख्याउन आयोग नै सक्रिय भएको भन्ने विषयमा जनस्तरमा व्यापक आशंका र चर्चा भइरहेको दाबी गर्नुभयो।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र