बार्सिलोना । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले सिजनको आफ्नो अन्तिम घरेलु खेलमा रियल बेटिसलाई ३-१ ले पाखा लगाउँदै घरेलु मैदानमा शतप्रतिशत जितको कीर्तिमान कायम गरेको छ । यो जितसँगै प्रशिक्षक हान्सी फ्लिकको टोली ३८ खेलको ला लिगा सिजनअन्तर्गत आफ्ना सबै १९ वटा घरेलु खेल जित्ने ऐतिहासिक टोली बनेको हो ।
सन् १९८५-८६ मा रियल म्याड्रिडले १७ खेल जित्दै बनाएको कीर्तिमानपछि बार्सिलोना यो सफलता पाउने पहिलो टोली बन्यो । एस्टाडी जोहान क्रुइफ, बार्सिलोना ओलम्पिक स्टेडियम र नयाँ मर्मत गरिएको क्याम्प नोउ गरी तीनवटा रंगशाला प्रयोग गरेको बार्सिलोनाले यस सिजन घरेलु मैदानमा भएका दुई हार केवल च्याम्पियन्स लिगमा मात्र बेहोरेको थियो । ३७ खेलबाट ९४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ भने पराजित बेटिस ५७ अंकसहित पाँचौँ स्थानमा छ । राती नै भएको अर्को खेलमा केलियन एम्बाप्पेले निर्णायक गोल गरेपछि रियल म्याड्रिडले सेभियालाई १-० ले हराउँदै ८३ अंकका साथ दोस्रो स्थान सुरक्षित गरेको छ ।
रियल बेटिसविरुद्धको खेलमा बार्सिलोनाका राफिन्हाले २८औँ र ६२औँ मिनेटमा दुई गोल गर्नुभयो भने डिफेन्डर जोआँ क्यान्सेलोले २० यार्ड टाढाबाट एक गोल थप्नुभयो । बेटिसका लागि इस्कोले पेनाल्टीमार्फत् एक सान्त्वना गोल फर्काउनुभयो । यो खेल पोल्याण्डका दिग्गज स्ट्राइकर रोबर्ट लेवान्डोस्कीका लागि क्याम्प नोउमा अन्तिम खेल बन्यो । चार सिजनमा १९२ खेल खेल्दै ११९ गोल गर्नुभएका ३७ वर्षीय लेवान्डोस्कीले क्लबसँगको सम्झौता सकिएपछि यसै समरमा बार्सिलोना छाड्ने निर्णय गर्नुभएको हो ।
खेलको अन्तिम चरणमा उहाँलाई प्रतिस्थापन गर्दा र खेल सकिएपछि टोलीका खेलाडीहरूले उहाँलाई काँधमा उठाएर तथा ड्रेसिङ रुममा ताली बजाउँदै गार्ड अफ अनर दिएका थिए । भावुक बन्नुभएका लेवान्डोस्कीले बार्सिलोना सधैँ आफ्नो हृदयमा रहने भन्दै समर्थकहरूलाई धन्यवाद दिनुभयो । उहाँ अब कुन क्लबमा जाने भन्ने खुलाइएको छैन । एजेन्सी







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर