काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको १३औं स्थापना दिवसका अवसरमा आयोजित विशेष साहित्यिक समारोह नेपाल प्रज्ञा प्रतिष्ठानमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा ‘सगरमाथा वर्ष पुरस्कार’ प्रदान गर्नुका साथै कवि सुमित्रा सुमीको कवितासंग्रह ‘कलेजी बर्को’ माथि परिचर्चा तथा गजलकार दलवीरसिंह बराइली ‘घायल’को गजलसंग्रह ‘अचम्म नमान्नू’ को लोकार्पण गरिएको थियो ।
प्रतिष्ठानको नेपाल च्याप्टरकी अध्यक्ष भैरवी भूगोलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.पुरुषोत्तम दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने कलानिधि दाहाल र हरिभक्त सिग्देल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थयो । कार्यक्रमको सञ्चालन प्रतिष्ठान नेपाल शाखाकी महासचिव सुशीला शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न साहित्यिक व्यक्तित्व, स्रष्टा, पत्रकार तथा साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । समारोहका क्रममा नेपाली भाषा, साहित्य र सिर्जनशीलताको विकासमा योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गर्दै ‘सगरमाथा वर्ष पुरस्कार’ प्रदान गरिएको थियो । पुरस्कार ग्रहणपछि सम्मानित व्यक्तित्वहरूले प्रतिष्ठानप्रति कृतज्ञता व्यक्त गर्दै यस्ता कार्यक्रमले साहित्यिक ऊर्जा र स्रष्टाहरूलाई थप प्रेरणा मिल्ने बताएका थिए ।
कार्यक्रमको अर्को आकर्षण कवि सुमित्रा सुमीको कविता संग्रह ‘कलेजी बर्को’ माथिको परिचर्चा रह्यो । समीक्षकहरूले कृतिभित्र समेटिएका समकालीन सामाजिक यथार्थ, मानवीय संवेदना र स्त्री चेतनाको सशक्त अभिव्यक्तिबारे चर्चा गरेका थिए । उनीहरूले सुमीका कविताले वर्तमान समाजका विविध मनोविज्ञान र जीवनभोगाइलाई कलात्मक रूपमा प्रस्तुत गरेको धारणा राखे ।
त्यसैगरी गजलकार दलवीरसिंह बराइली ‘घायल’को गजलसंग्रह ‘अचम्म नमान्नु’को लोकार्पण पनि कार्यक्रमकै विशेष आकर्षण बनेको थियो । वक्ताहरूले बराइलीका गजलहरूले समाजका विकृति, विसंगति र मानवीय संवेदनालाई सरल तर प्रभावशाली शैलीमा अभिव्यक्त गरेको उल्लेख गरे ।
प्रमुख अतिथि प्रा.पुरुषोत्तम दाहालले साहित्य समाजको चेतना र संस्कृतिको ऐना भएको उल्लेख गर्दै यस्ता साहित्यिक अभियानले नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । विशिष्ट अतिथिहरूले पनि सगरमाथा साहित्य प्रतिष्ठानले निरन्तर रूपमा साहित्यिक गतिविधि सञ्चालन गर्दै नयाँ तथा पुराना स्रष्टाहरूलाई एउटै मञ्चमा जोड्ने कार्य गरेको प्रशंसा गर्नुभयो ।
समारोहमा सहभागी स्रष्टाहरूले सगरमाथा साहित्य प्रतिष्ठानले नेपाली साहित्यको उन्नयनमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रम अन्त्यमा अध्यक्ष भैरवी भूगोलले सम्पूर्ण अतिथि, स्रष्टा, साहित्यप्रेमी तथा सहयोगीप्रति आभार व्यक्त गर्दै प्रतिष्ठानले आगामी दिनमा अझ व्यापक साहित्यिक गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र