काठमाडौं । विष्णु खत्रीको स्वरमा रहेको लोक दोहोरी गीत ‘चौतारीमा पिपल छ बर छैन...’ सार्वजनिक गरिएको छ । वियोगान्त भावको यो गीतको भिडियो लाई विष्णु खत्री अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा विष्णुलाई नारी स्वरमा गायिका रेजिना परियारले साथ दिनुभएको छ । गीतको शब्द रचना र संगीत पनि विष्णुकै हो । आफूले खुबै माया गरेको मान्छेले अन्तरघात गरेपछिको वेदनालाई समेटेर गीत तयार गरिएको छ ।
बिनम्र खत्रीले निर्देशन गरेको सार्वजनिक गीतको भिडियोमा मोडल लक्ष्मी थापामगरसँग विष्णु आफैंले अभिनय गर्नुभएको छ । करण चैसिरको छायांकन रहेको भिडियोलाई मनोज कार्कीको दृश्य सम्पादन तथा रंग संयोजन छ । गीतको भिडियो बाग्लुङको गलकोटमा छायांकन गरिएको हो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र