हेटौंडा । हेटौंडा स्कुल अफ म्यानेजमेन्टले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ अन्तर्गत शिक्षा संकायमा पुनः निःशुल्क भर्ना कार्यक्रम सञ्चालन गर्ने भएको छ।
विद्यालयले सामाजिक उत्तरदायित्व र गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले ३० जना विद्यार्थीलाई शतप्रतिशत निःशुल्क अध्ययनको अवसर प्रदान गर्ने जनाएको हो।
सोमबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल पुरनबहादुर जोशीले नेपाली, अंग्रेजी र गणित विषयमा १०–१० जना गरी कुल ३० जना विद्यार्थी छनोट गरिने जानकारी दिनुभयो। उहाँका अनुसार आवेदन दिएका विद्यार्थीको अन्तर्वार्तामार्फत छनोट प्रक्रिया अघि बढाइनेछ।
विद्यालयले गत शैक्षिक सत्र २०८२ मा पनि ३० जना विद्यार्थीलाई निःशुल्क अध्ययनको अवसर दिएको थियो। शिक्षाशास्त्र संकाय संयोजक रमिता दर्लामीले शिक्षा संकायको पठनपाठन प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताउनुभयो।
कार्यक्रमअन्तर्गत नवोदय शिशु सदनलाई ल्याब स्कुलका रूपमा प्रयोग गरिनेछ। साथै विद्यार्थीलाई शिक्षक तालिम, शिक्षण अभ्यास, कार्यशाला, गोष्ठी तथा शैक्षिक सम्मेलनमा सहभागी गराइने व्यवस्था गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार प्रशिक्षार्थी विद्यार्थीलाई हप्तामा दुई दिन विशेषज्ञ शिक्षकमार्फत मार्गदर्शन कक्षा सञ्चालन गरिनेछ भने सो दिन निःशुल्क खानाको व्यवस्था पनि गरिनेछ। उपस्थिती र सहभागिताका आधारमा विद्यार्थीलाई मासिक एक हजार रुपैयाँसम्म प्रोत्साहन खर्च उपलब्ध गराइने व्यवस्था गरिएको छ।
विद्यालयले आवेदन दिएका विद्यार्थीहरूको अन्तर्वार्ता जेठ ११ गतेदेखि सञ्चालन गरिने जनाएको छ। शिक्षा संकायसँगै विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, ब्यूटीसियन तथा हेयर डिजाइनिङ संकायमा समेत भर्ना खुला गरिएको छ।
राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र