सच्चिने कि सक्किने शब्दावली हिजो, आज र भोली पनि जुनसुकै भूमिकामा रहनेहरूका लागि त्यत्तिकै सान्दर्भिक रूपमा रहेको छ । नयाँ–पुराना सबैलाई सधैं सक्किने होइन सच्चिने हो भन्ने खबरदारी गर्छ । समय आफैंमा एउटा निरन्तर बगिरहेको नदी हो । जहाँ विचार र शब्दहरू युगको आवश्यकता अनुसार तरंगित भइरहन्छन् । तत्कालीन राजनीतिक परिवेशको गम्भीर, दुर्घटनोन्मुख गतिलाई नियाल्दै जब २०७९ साल मंगलबार, २७ मंसिरको ‘हिमालय टाइम्स’ दैनिकमा नेताहरू समक्ष अन्तिम विकल्प सच्चिने कि सक्किने शीर्षकमा आलेख प्रकाशित भयो । राजनीतिक हस्तीहरूको चरित्र, विरोधाभास पूर्ण जीवनशैली र जनअपेक्षा विपरीतको कार्यशैलीमाथि गरिएको तत्कालीन खबरदारी केवल एउटा सामयिक टिप्पणीमात्र थिएन, राष्ट्रिय चेतना र खबरदारीको एउटा ऐना थियो ।
त्यसको केही दिनपछि कान्तिपुर दैनिकले पनि सोही शब्दावलीलाई सापटी लिएर जुन बृहत् र विश्लेषणात्मक मुख्य समाचार सम्प्रेषण गर्यो, त्यसले आमजनमानसमा एउटा लोक प्रसिद्ध, लोकोक्ति र राजनीतिक मन्त्रका रूपमा स्थापित गरिदियो । शब्दको सामर्थ्य, गम्भीरतालाई मनन् गर्दै ‘हिमालय टाइम्सका प्रधान सम्पादक प्रा.पुरुषोत्तम दाहालले आफ्नो एक विशिष्ट विचार, उत्तेजक सम्पादकीयमार्फत यस शब्दावलीको श्रेय स्तम्भ लेखकलाई नै जाने प्रष्ट पारे । देशकै मूर्धन्य पत्रकार र चिन्तकको कलमबाट एउटा लेखकको मौलिक शब्द (शिल्प)को यसरी कदर हुनु वाङ्मय जगतका लागि आफैंमा एउटा गौरवपूर्ण र हर्षानुभूतिको विषय हो । तर यो हर्ष केवल वैयक्तिक प्रशंसामा सीमित छैन । यसको अन्तर्यमा त मानव सभ्यता, सुधारको अनन्त प्रक्रिया, राजनीतिक चेतनाको शाश्वत दर्शन लुकेको छ ।
विकास, शिक्षा, सुधार, धनको आन्तरिक चरित्रलाई सूक्ष्म ढंगले केलाउने हो भने यी सबै तृप्तिहीन प्रकृतिका छन् । विकासको अनन्त भोक अहिलेसम्म संसारमा कसैको मेटिएको छैन । संसारका महाशक्ति र औद्योगिक रूपमा चरम विकसित मानिएका देशहरूले पनि कहिल्यै विकास पुग्यो, थकाइ मारौं भनेर सन्तोषको सास फेरेका छैनन् । विकास जति भयो, थप विकासको आकांक्षाको भूत उति नै तीव्र रूपमा सवार हुन्छ ।
संसारका कतिपय भौतिक वस्तु, मानवीय आकांक्षा यस्ता हुन्छन्, जसको आदि र अन्त्य कतै भेटिँदैन । विकास, शिक्षा, सुधार, धनको आन्तरिक चरित्रलाई सूक्ष्म ढंगले केलाउने हो भने यी सबै तृप्तिहीन प्रकृतिका छन् । विकासको अनन्त भोक अहिलेसम्म संसारमा कसैको मेटिएको छैन । संसारका महाशक्ति र औद्योगिक रूपमा चरम विकसित मानिएका देशहरूले पनि कहिल्यै विकास पुग्यो, थकाइ मारौं भनेर सन्तोषको सास फेरेका छैनन् । विकास जति भयो, थप विकासको आकांक्षाको भूत उति नै तीव्र रूपमा सवार हुन्छ । भौतिक पूर्वाधारको चरमोत्कर्षमा पुगेका समाजहरू आज मानसिक शान्ति र पर्यावरणीय सन्तुलनको नयाँ मोडेल खोज्दै अर्को विकासको यात्रामा निस्किएका छन् ।
धनको विशेषता नै तृप्तिहीनता रहेछ । पूर्वीय दर्शनले भन्छ : ज्ञानभन्दा माथि केही छैन । तर संसारका प्रकाण्ड विद्वान, वैज्ञानिक र दार्शनिकहरूले कहिल्यै ज्ञानको पूर्णताको दाबी गरेनन् । सुकरातले भनेका थिए, ‘म यतिमात्र जान्दछु कि म केही पनि जान्दिन।’ धनको प्रकृति पनि उस्तै छ । महाकुवेरहरू पनि अहोरात्र अझ बढी आर्जनको दौडमा छन् । सुधार कुनै अन्तिम गन्तव्य होइन । निरन्तर चलिरहने प्रक्रिया हो । अब पूर्ण सुधार भयो । सच्चिन बाँकी केही छैन भन्नु मानव सभ्यताको गतिशीलतालाई रोक्नु हो । एउटा सामान्य अवस्थामा निरन्तर सुध्रिँदै जानु, अर्को अस्तित्व नै समाप्त हुनलागेको सक्किने र संकटकालीन अवस्थामा हतार–हतार सच्चिने प्रयास गर्नु फरक परिस्थिति हुन् ।
पुराना दलहरूका नेतृत्वका लागि २०८२ भाद्र २३ र २४ गते संसदीय निर्वाचनले उनीहरू नसच्चिदा सक्किएको प्रमाणित नै गर्यो । प्रधानमन्त्री नै भागाभाग हुँदा लेखनी सफल भयो तर सिंहदरबार जस्तो धरोहर जल्दा प्रधानमन्त्री नै भागेको अवस्थामा राष्ट्रपति र सेनाको गैरजिम्मेवार भूमिकाले नेपालमा यी दुबै संस्थाको अस्तित्व सधै शंका र अविश्वासको घेरामा बाँधिनु संस्था र देशकै लागि दुर्भाग्य हो । गैरजिम्मेवार काम र व्यवहार सम्बन्धमा सेनाको भूमिकाका विषयमा बौद्धिक जगत चुपचाप रहँदा यो वर्गप्रति जनताको विश्वास र भरोसा टुटेको छ । आशा गरौं इतिहासले निर्मम दण्ड दिने नै छ ।
नेपाली राजनीतिका पुराना खेलाडीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल र खड्गप्रसाद ओलीले समयमै जनभावना बुझेर आफूलाई सच्याउन नसक्दा र आ-आफ्ना अहंकारको भारी बोकिरहँदा देशले पटक-पटक राजनीतिक अस्थिरता र विकृतिका थुप्रै काला दिनहरू भोग्नुपर्यो । पुराना शक्तिहरूको यही असफलता र नसच्चिने ढिपीको जगबाट नेपाली राजनीतिमा वैकल्पिक शक्तिको उदय भयो । २०८२ को संसदीय निर्वाचनका माध्यमले संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको आगमनलाई आमजनताले प्रचण्ड बहुमतका साथ सच्चिने अवसरका रूपमा स्वागत गरे ।
तर वर्तमान परिदृश्यलाई वस्तुनिष्ठ भएर हेर्दा नयाँ शक्तिहरूमा पनि गम्भीर कार्यगत, व्यवहारगत, जीवनशैलीगत विचलन, अपरिपक्वता र हचुवापन प्रष्ट रूपमा देखियो । यसका केही ज्वलन्त दृष्टान्तलाई विश्लेषण गर्न सकिन्छ । संस्थागत मर्यादा र जिम्मेवारीबाट पलायन हुँदा नयाँ तर आशा गरिएको शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वप्रति हाल आशंकित हुने अवस्था देश, जनता र उक्त पार्टी कै लागि दुर्भाग्यको सूचक हो । अब ऊसँग सिक्दै र सच्चिदै अघि बढ्नेबाहेक अर्को विकल्प छैन । यदि त्यो गरेनन् भने जनतासँग कठोर विकल्प छ भन्ने कुरा बालेन र रवि लामिछानेले भुल्न हुन्न ।
लोकतन्त्रमा संसद् र राज्यका संस्था सर्वोच्च हुन्छन् । तर, राष्ट्रपतिले संसद्मा सम्बोधन गरिरहेको राष्ट्रिय गौरवको क्षणमा बालेन जस्ता प्रधानमन्त्रीले संसद् बहिष्कार गर्नु वा संसद्को गरिमालाई नजरअन्दाज गर्नु राजनीतिक अपरिपक्वताको पराकाष्ठा हो । जनताले भोट दिएर पठाएपछि निर्वाचनपछिको पहिलो बैठकमै जनतालाई कृतज्ञता र धन्यवादसम्म टर्क्र्याउने न्यूनतम् राजनीतिक संस्कार र शिष्टाचारसमेत प्रदर्शन नगर्नुले कतै नयाँ नेतृत्वमा अहंकार त पलाउँदै छैन भन्ने संशय पैदा गरेको छ । यो देश फेरि अर्को दुर्घटनातिर त जाँदैन भन्ने आशंका प्रवल भएको छ ।
राष्ट्रपतिले संसद्मा सम्बोधन गरिरहेको राष्ट्रिय गौरवको क्षणमा बालेन जस्ता प्रधानमन्त्रीले संसद् बहिष्कार गर्नु वा संसद्को गरिमालाई नजरअन्दाज गर्नु राजनीतिक अपरिपक्वताको पराकाष्ठा हो । जनताले भोट दिएर पठाएपछि निर्वाचनपछिको पहिलो बैठकमै जनतालाई कृतज्ञता र धन्यवादसम्म टर्क्र्याउने न्यूनतम् राजनीतिक संस्कार र शिष्टाचारसमेत प्रदर्शन नगर्नुले कतै नयाँ नेतृत्वमा अहंकार त पलाउँदै छैन भन्ने संशय पैदा गरेको छ ।
संसद्, सरकारको नीति तथा कार्यक्रममाथि विमर्श गर्ने, प्रश्न गर्ने, छलफल गर्ने र देशको भविष्य कोर्ने थलो हो । आफ्नै नीति र कार्यक्रमका विषयमा माननीय सांसदहरूले उठाएका गम्भीर जिज्ञासाहरूको जवाफ शारीरिक रूपमा अस्वस्थ हुँदाबाहेक सरकारको प्रमुख प्रधानमन्त्रीले नै दिनुपर्छ । प्रतिपक्षीहरूले त्यसका लागि संसद् दह्रो बौद्धिक हस्तक्षेप गर्नुपर्छ । तर प्रधानमन्त्री बालेनले संसद्को गरिमामय रोष्टममा उभिएर राष्ट्रिय पोशाकको मर्यादा कायम राख्दै वैचारिक बहस गर्नुको साटो, मध्यरातमा सामाजिक सञ्जालमा उत्तेजक र अपरिपक्व लेखेर बस्नु गैरजिम्मेवारीपन हो । राज्य सञ्चालन सामाजिक सञ्जालको लाइक र कमेन्टबाट होइन, संवैधानिक परिपक्वताबाट चल्छ भन्ने कुरा नयाँ शक्तिले अझ रवि र बालेनले विशेष हेक्का राख्नुपर्छ । कुनै पनि निर्णयहरू गर्दा अध्ययन, अनुसन्धान, परामर्श र विज्ञ विशेषज्ञहरूसँग परामर्श, बहस र अन्तर्क्रियाविना हचुवा कार्यशैलीले कसरी सुशाासन बहाली हुन्छ भन्ने प्रश्न जनताको मनमा यति छिटो जन्मनु नयाँ र केही परिवर्तन गर्छु भन्ने सरकारका लागि पहिलो गासमै ढुंगा भन्ने उखान चरितार्थ भएको छ । अन्ततः देशकै लागि दुर्भाग्य हो ।
सुकुम्बासी जस्तो मानवीय सम्वेदनशीलतासँग सम्बन्धित समस्याको समाधान जस्तो जटिल सामाजिक, आर्थिक मुद्दा होस् वा भारतबाट आयात हुने उपभोग्य सामानको नियमन र लिपुलेक लिम्पियाधुरा सीमा व्यवस्थापनको विषय यी सबैका लागि गहन अध्ययन, कानुनी अनुसन्धान, शान्त तर विश्वासिलो, कूटनीतिक परिपक्वता आवश्यक पर्छ । विना विमर्श, विना तयारी, विना विकल्प र विना अनुसन्धान केवल क्षणिक चर्चाका लागि गरिने ओलीको जस्तै हावादारी प्रचारात्मकभन्दा पनि प्रोपोगण्डाहरू अन्ततः प्रत्युत्पादक बन्छन् ।
बालेन सरकारलाई पनि ऐतिहासिक चेतावनी के छ भने यस्तै अपरिपक्व काम, व्यवहार र निर्णय गर्ने तर त्यसलाई पुनर्विचार गर्दै नसच्चिए देशको राजनीतिक साथै भूगोलसमेत छिट्टै दुर्घटना अवश्यम्भावी छ । नयाँ शक्तिहरू चाहे ती बालेन हुन् वा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू यदि उनीहरूले आफ्नो कार्यगत जीवनशैलीमा तत्काल सुधार गरेनन् भने पुराना नेताहरूको नियति दोहोरिन धेरै बेर लाग्दैन । इतिहास साक्षी छ, जनताले जति चाँडो कसैलाई देवत्वकरण गर्छन्, त्यति नै चाँडो भुइँमा पछारिदिन्छन् । हिजो शेरबहादुर, प्रचण्ड वा ओलीले जनभावनाको उपेक्षा गर्दा जुन असन्तोषको आँधी आयो ती दिनहरू पुनः तुरुन्तै आउन सक्छन् । नयाँ शक्तिहरूका लागि त यो झन् ठूलो अग्निपरीक्षा हो ।
सत्ता अन्धो हुन्छ र प्रतिपक्ष कतिपय अवस्थामा दिशाहीन । यस्तो बेला समाजलाई सच्चिनका लागि दबाब दिने दायित्व सचेत नागरिक र बौद्धिक समुदायको हो । सुधारको कुनै अन्तिम बिसौनी नहुने भएकाले, हामीले हरेक घडी आफूलाई सच्याउँदै लैजानुपर्छ । पुरानाले आफ्ना गल्तीबाट पाठ सिकेर सच्चिनुपर्छ भने नयाँले लोकप्रियताको उन्मादबाट ब्युँझिएर, परिपक्व र अध्ययनशील बन्दै आफ्नो कार्यशैली सच्याउनु पर्छ । यदि यो चेत समयमै खुलेन भने प्रकृतिको कठोर नियमानुसार नसच्चिनेहरू समयको प्रवाहमा सक्किने छन् । इतिहासको पानामा एउटा असफल पात्रका रूपमा मात्र सीमित हुनेछन् ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र