सन् २०२६ को सन्दर्भमा नेपाल विश्वका विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा एक मिश्रित अवस्थाबीच उभिएको छ । कुनै क्षेत्रमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ भने केही आधारभूत क्षेत्रमा अझै गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । आजको विश्वमा कुनै पनि राष्ट्रको वास्तविक स्थिति केवल आर्थिक वृद्धिदरले मात्र होइन, बहुआयामिक सूचकांकहरूले निर्धारण गर्छन्, जसले शान्ति, सुशासन, मानव विकास, आर्थिक स्वतन्त्रता र नवप्रवर्तन जस्ता पक्षहरूको समग्र मूल्यांकन गर्छ । नेपालको अवस्थालाई समग्र रूपमा विश्लेषण गर्दा एउटा रोचक विरोधाभास देखिन्छ । अन्तर्राष्ट्रियस्तरमा शान्ति स्थापनामा अग्रणी भूमिका खेलेको देश आफ्नैभित्र भने विकास, सुशासन र आर्थिक सुधारका क्षेत्रमा संघर्षरत छ ।
नेपालको वर्तमान अवस्थाले स्पष्ट देखाउँछ कि यो एक विरोधाभासपूर्ण राष्ट्र हो । एकातिर विश्व शान्तिमा अग्रणी भूमिका खेलिरहेको देश अर्कोतिर आफ्नैभित्र विकास, सुशासन र आर्थिक सुधारका क्षेत्रमा संघर्ष गरिरहेको छ । यसले के सन्देश दिन्छ भने केवल इतिहासको गौरव र अन्तर्राष्ट्रिय छविले मात्र देशलाई अघि बढाउन सक्दैन । सुशासन, पारदर्शिता, शिक्षा, प्रविधि र आर्थिक सुधारमा गम्भीर ध्यान दिनु आवश्यक छ ।
भाद्र २३ र २४ गतेको जेन-जी तथा युवा आन्दोलनको रापतापपछि देश निर्वाचनमा होमिएको थियो । उक्त निर्वाचनमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुईतिहाइ जनमत प्राप्त गरेसँगै हाल बालेन्द्र साहको नेतृत्वमा सरकार गठन भएको छ । नयाँ सरकारले देशलाई समृद्धिको नयाँ दिशा दिनेमा आमजनतामा ठूलो आशा र विश्वास पलाएको छ । अर्कातर्फ, पुराना राजनीतिक दलहरू भने विभिन्न बहानामा मुलुकलाई पुनः द्वन्द्वतर्फ धकेलेर नेपाली राजनीतिमा आफ्नो वर्चस्व कायम गर्ने कसरतमा लागिपरेका देखिन्छन् । तर, यस्ता चुनौतीका बाबजुद वर्तमान सरकारप्रति नेपाली जनताको अटुट भरोसा र उच्च अपेक्षा रहेको छ ।
विश्व शान्ति र सुरक्षामा नेपालको भूमिका
नेपालको सबैभन्दा गर्व गर्न लायक पक्ष भनेको विश्वको शान्ति स्थापना अभियानमा रहेको अतुलनीय योगदान हो । संयुक्त राष्ट्रसंघअन्तर्गत सञ्चालन हुने शान्ति मिसनहरूमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सक्रिय सहभागिता रहेको छ । सन् २०२६ सम्म आइपुग्दा नेपाल शान्ति सेना पठाउने राष्ट्रहरूको सूचीमा पहिलो स्थानमा छ, जुन कुनै पनि सानो विकासशील देशका लागि असाधारण उपलब्धि हो । यस उपलब्धिले नेपाललाई विश्वसामु एक जिम्मेवार र शान्तिप्रिय राष्ट्रको रूपमा स्थापित गरेको छ । अफ्रिका र मध्यपूर्वका द्वन्द्वग्रस्त देशहरूमा नेपाली सुरक्षाकर्मीहरूले देखाएको अनुशासन, साहस र व्यावसायिकता विश्वभर प्रशंसित छ ।
तर, यही समयमा विश्व शान्ति इन्डेक्स २०२५ मा नेपाल ७६औं स्थानमा रहनुले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ—यदि नेपाल विश्व शान्तिमा यति ठूलो योगदान दिइरहेको छ भने आफ्नै देशभित्र शान्ति किन सुदृढ हुनसकेको छैन ? यसको उत्तर राजनीतिक अस्थिरता, कमजोर संस्थागत संरचना र सामाजिक असमानतामा लुकेको छ । त्यस्तै, ग्लोबल टोरोरिजम इन्डेक्समा नेपाल ८९औं स्थानमा रहनुले नेपाल तुलनात्मक रूपमा सुरक्षित राष्ट्र भएको संकेत दिन्छ, तर यसले सुरक्षा संयन्त्रलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकतालाई पनि इंगित गर्दछ ।
प्राकृतिक जोखिम र जलवायु परिवर्तनको प्रभाव
नेपाल भौगोलिक रूपमा अत्यन्त संवेदनशील देश हो । हिमालय क्षेत्र, उचाइको विविधता र कमजोर भू–संरचनाले गर्दा नेपाल प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको छ । विशेषगरी भूकम्पको दृष्टिले नेपाल विश्वको ११औं जोखिमयुक्त देशमा पर्छ । सन् २०१५ को महाभूकम्पले हजारौं मानिसको ज्यान लियो र अर्बौंको क्षति पुर्यायो । त्यो घटना केवल प्राकृतिक विपत्तिमात्र होइन, पूर्वाधारको कमजोरी र तयारीको अभावको परिणाम थियो । जलवायु परिवर्तनका सन्दर्भमा नेपाल गम्भीर चुनौतीको सामना गरिरहेको छ । जलवायु जोखिम इन्डेक्समा ६९औं स्थानमा रहनुले नेपाललाई मध्यमदेखि उच्च जोखिमयुक्त देशका रूपमा प्रस्तुत गर्छ ।
हिमनदी पग्लनु, असामान्य वर्षा, बाढी र पहिरोका घटनाहरू बढ्नुले कृषि, जलस्रोत र मानव बस्तीहरूमा प्रत्यक्ष असर पारिरहेको छ । यथार्थ के हो भने नेपाल विश्वमा न्यून कार्बन उत्सर्जन गर्ने देश भए पनि जलवायु परिवर्तनको प्रभाव असमान रूपमा भोगिरहेको छ । यसले अन्तर्राष्ट्रियस्तरमा जलवायु न्यायको मागलाई थप बलियो बनाएको त छ तर पनि जलवायु क्षेत्रबाट भने उचित क्षतिपूर्ति पाउन सकेको छैन । सन् २०२३ को अक्टोबर २९ देखि १ नोभेम्बरसम्म संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणको बेलामा अन्नपूर्णको आधार शिविरदेखि पोखराको भ्रमणले नेपालले निकट भविष्यमा जलवायु न्यायमा उचित क्षतिपूर्ति पाउने कुरामा निकै आशावादी रहेको थियो ।
सुशासन, विधिको शासन र प्रेस स्वतन्त्रता
कुनै पनि लोकतान्त्रिक राष्ट्रको गुणस्तर त्यसको सुशासन र कानुनी प्रणालीबाट मापन गरिन्छ । रुल अफ ल इन्डेक्स २०२५ मा नेपाल ७२औं स्थानमा छ, जसले देखाउँछ कि कानुनी संरचना अस्तित्वमा भए पनि यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको छ । प्रेस स्वतन्त्रताको सन्दर्भमा विश्व प्रेस स्वतन्त्रता इन्डेक्स २०२५ मा नेपाल ९०औं स्थानमा छ । लोकतन्त्रमा स्वतन्त्र प्रेसले सरकारलाई उत्तरदायी बनाउने महत्त्वपूर्ण भूमिका खेल्छ, तर नेपालमा पत्रकारहरूमाथि हुने दबाब, कानुनी जटिलता र सूचनामा पहुँचको सीमितताले यस क्षेत्रलाई कमजोर बनाइरहेको छ ।
अझै त्यसमा पनि मर्यादित पत्रकारिता नहुदाँ गलत तथा भ्रामक सूचनाहरू बढी सम्प्रेषण हुने गरेको पाइन्छ । यसै सन्दर्भमा सबैभन्दा गम्भीर समस्या भनेको भ्रष्टाचार हो । ट्रान्सप्यारेन्सी इन्टरनेशनलद्वारा प्रकाशित भ्रष्टाचार सूचकांकमा नेपाल १०९औं स्थानमा रहनुले विकास प्रक्रियामा ठूलो अवरोध रहेको देखाउँछ । भ्रष्टाचारले केवल आर्थिक स्रोतको दुरुपयोगमात्र होइन, जनविश्वासको क्षय पनि गराउँछ, जसले लोकतन्त्रलाई कमजोर बनाउँछ ।
मानव विकास र आर्थिक अवस्थाको विश्लेषण
मानव विकास सूचकांक कुनै पनि देशको वास्तविक प्रगतिको मापन गर्ने सबैभन्दा महत्त्वपूर्ण आधार हो । यूएनडिपीको मानव विकास प्रतिवेदन २०२५ अनुसार नेपाल १४५औं स्थानमा छ । यसले शिक्षा, स्वास्थ्य सेवा र आयस्तरमा सुधार आवश्यक रहेको स्पष्ट संकेत दिन्छ । ग्रामीण क्षेत्रमा अझै गुणस्तरीय विद्यालय, अस्पताल र रोजगारीका अवसरहरूको अभाव देखिएको छ । भोकमरी, गरिबी र पोषण अभाव अझै चुनौतीकै रूपमा छन् । ग्लोबल हंगर इन्डेक्स २०२५ मा नेपाल ७२औं स्थानमा छ र यसले खाद्य सुरक्षामा मध्यम स्तरको समस्या रहेको देखाउँछ ।
त्यस्तै, एसडिजी इन्डेक्स २०२५ मा ८५औं स्थानमा रहेको नेपालले दिगो विकास लक्ष्यहरू हासिल गर्न अझै धेरै काम गर्नुपर्ने देखिन्छ । आर्थिक स्वतन्त्रताको दृष्टिले आर्थिक स्वतन्त्रता सूचकांक २०२५ मा नेपाल १३१औं स्थानमा रहनुले लगानीमैत्री वातावरण कमजोर रहेको संकेत गर्छ । विशेषगरी जटिल प्रशासनिक प्रक्रिया, नीतिगत अस्थिरता र भ्रष्टाचारले निजी क्षेत्रको विकास र विस्तारमा बाधा पुर्याइरहेका छन् । अब यसबाट नेपालमाथि उठ्नका लागि विशेष कार्ययोजना आवश्यक रहेकोछ । यो सरकार यसतर्फ केन्द्रित रहेको भान हुन्छ ।
नवप्रवर्तन, खुशी र अन्तर्राष्ट्रिय पहुँच
नेपालको वर्तमान अवस्थालाई गहिरिएर नियाल्दा एक प्रकारको अन्तर्द्वन्द्व देखिन्छ । एकातिर हामीसँग प्रचुर सम्भावना र ऊर्जावान् जनशक्ति छ भने अर्कोतिर अन्तर्राष्ट्रिय सूचकांकहरूले हाम्रो वास्तविक धरातललाई चुनौती दिइरहेका छ । विशेषगरी नवप्रवर्तन, नागरिकको सुख र कूटनीतिक सामर्थ्यका क्षेत्रमा नेपालले अझै धेरै काम गर्न बाँकी रहेको तथ्य विभिन्न राष्ट्रिय तथा अर्न्तराष्ट्रिय प्रतिवेदनहरूले उजागर गरेका छ ।
बौद्धिक र आर्थिक विकासको मुख्य आधार मानिने नवप्रवर्तनको क्षेत्रमा नेपालको उपस्थिति अहिले पनि निकै कमजोर देखिन्छ । सन् २०२५ को विश्व नवप्रवर्तन सूचकांकमा नेपाल १०७औं स्थानमा रहनुले देशमा अनुसन्धान, प्रविधि र आधुनिक आविष्कारका लागि आवश्यक लगानी र पूर्वाधारको चरम अभाव रहेको पुष्टि गर्छ । जबसम्म कुनै राष्ट्रले नयाँ विचार र प्रविधिलाई आत्मसात् गर्दैन, तबसम्म दीर्घकालीन आर्थिक समृद्धि सम्भव हुँदैन । तर, नेपालको सन्दर्भमा सबैभन्दा दुःखद पक्ष के छ भने, यहाँ सिर्जनशील युवा जनशक्ति नभएको होइनन् । स्वदेशमा उचित अवसर, राजनीतिक स्थिरता र प्रोत्साहनको अभावले गर्दा ‘मस्तिष्क पलायन’ एउटा राष्ट्रिय घाउको रूपमा चर्किएको छ । दक्ष र ऊर्जावान् युवाहरू विदेशी भूमिमा आफ्नो पसिना बगाउन बाध्य छन्, जसले गर्दा देशको बौद्धिक विकासको गति सुस्त हुनपुगेको छ ।
नेपालले आफ्नो युवा जनशक्तिलाई सही दिशामा परिचालन गर्न सक्यो, नवप्रवर्तनमा लगानी बढायो र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्यो भने आगामी वर्षहरूमा विश्व सूचकांकहरूमा उल्लेखनीय सुधार सम्भव छ । अन्ततः नेपालको भविष्य यसको नीतिगत स्पष्टता, नेतृत्वको प्रतिबद्धता र नागरिकको सक्रिय सहभागितामा निर्भर गर्दछ । सही दिशा र दृढ इच्छाशक्ति भएमा नेपालले विश्व मञ्चमा सम्मानजनक स्थान हासिल गर्न सम्भव छ ।
त्यस्तै, सामाजिक दृष्टिकोणबाट हेर्दा नेपाली समाजको अवस्था सन्तुष्टिको औसत बिन्दुमा रहेको पाइन्छ । नागरिकको जीवनस्तर र मानसिक सुखको मापन गर्ने विश्व खुशी प्रतिवेदनमा नेपाल ९९औं स्थानमा रहनुले यहाँको सामाजिक परिवेश मध्यम रहेको संकेत गर्छ । बेरोजगारी, आर्थिक असमानता र बारम्बार भइरहने राजनीतिक परिवर्तनका बाबजुद पनि नेपालीहरूमा जुन प्रकारको सामाजिक सद्भाव र सांस्कृतिक सहनशीलता छ, त्यसैले हाम्रो समाजलाई एउटा सीमामा बाधेर राखेको देखिन्छ । तर, केवल सहनशीलताले मात्र नागरिकलाई वास्तविक खुशी प्रदान गर्न सक्दैन । राज्यले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाजस्ता आधारभूत क्षेत्रमा व्यापक सुधार नगरेसम्म नागरिकले महसुस गर्ने सुख र समृद्धिको स्तर माथि उक्लिन कठिन देखिन्छ ।
नेपालको अन्तर्राष्ट्रिय साख र कूटनीतिक शक्तिलाई हेन्ली एण्ड पार्टनर्सद्वारा प्रकाशित राहदानी सूचकांकले स्पष्ट पार्छ । यो सूचकांकमा नेपाल ९६औं स्थानमा खुम्चिनुले हाम्रो कूटनीतिक सम्बन्ध र राहदानीको प्रतिष्ठा कमजोर रहेको प्रमाणित गर्छ । राहदानी कमजोर हुनुको अर्थ केवल अन्तर्राष्ट्रिय यात्रामा कठिनाइ हुनुमात्र होइन, बरू यसले विश्वमञ्चमा नेपालको कूटनीतिक प्रभाव र आर्थिक पहुँच संकुचित हुनुलाई जनाउँछ । यस अवस्थालाई सुधार्न सरकारले केवल कागजी प्रक्रियामा मात्र नभई बलियो कूटनीतिक पहल र देशको साख बढाउने खालका ठोस वैदेशिक नीतिहरू अवलम्बन गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । समग्रमा, यी सबै सूचकांकहरूले नेपाललाई संरचनात्मक सुधारको बाटोमा लाग्न घण्टी बजाइरहेका छ ।
निष्कर्षः
नेपालको वर्तमान अवस्थाले स्पष्ट देखाउँछ कि यो एक विरोधाभासपूर्ण राष्ट्र हो । एकातिर विश्व शान्तिमा अग्रणी भूमिका खेलिरहेको देश अर्कोतिर आफ्नैभित्र विकास, सुशासन र आर्थिक सुधारका क्षेत्रमा संघर्ष गरिरहेको छ । यसले के सन्देश दिन्छ भने केवल इतिहासको गौरव र अन्तर्राष्ट्रिय छविले मात्र देशलाई अघि बढाउन सक्दैन । सुशासन, पारदर्शिता, शिक्षा, प्रविधि र आर्थिक सुधारमा गम्भीर ध्यान दिनु आवश्यक छ । यदि नेपालले आफ्नो युवा जनशक्तिलाई सही दिशामा परिचालन गर्न सक्यो, नवप्रवर्तनमा लगानी बढायो र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्यो भने आगामी वर्षहरूमा विश्व सूचकांकहरूमा उल्लेखनीय सुधार सम्भव छ । अन्ततः नेपालको भविष्य यसको नीतिगत स्पष्टता, नेतृत्वको प्रतिबद्धता र नागरिकको सक्रिय सहभागितामा निर्भर गर्दछ । सही दिशा र दृढ इच्छाशक्ति भएमा नेपालले विश्व मञ्चमा सम्मानजनक स्थान हासिल गर्न सम्भव छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र