काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादले चेन्नाई सुपर किंग्समाथि ५ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । चेन्नाईको घरेलु मैदामा भएको खेलमा हैदरावादले १ ओभर बाँकी छँदै लक्ष्य पूरा गरेको हो ।
चेन्नाईले दिएको १८१ रनको चुनौतीपूर्ण लक्ष्यलाई हैदरावादले १९ ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएर पूरा गर्यो । हैदरावादको जितमा ओपनर इशान किशनले उत्कृष्ट ब्याटिङ गर्नुभयो ।
उहाँले ४७ बलमा ७० रनको महत्त्वपूर्ण इनिङ खेल्दै टोलीको जितको आधार तय गर्नुभयो । किशन खेलको ‘प्लेयर अफ द म्याच’ बन्नुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाई सुपर किंग्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो ।
हैदरावादका कप्तान प्याट कमिन्सले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै चेन्नाईका ब्याटरलाई दबाबमा राखेका थिए ।यो जितसँगै सनराइजर्स हैदरावाद तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने पराजित चेन्नाई सुपर किंग्स छैटौँ स्थानमा छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र