सर्लाही । जिल्ला विपद् व्यवस्थापन समिती सर्लाहीको आयोजना तथा ईश्वरपुर नगरपालिकाको सहकार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा अन्य सुरक्षा निकायहरूको संयुक्त आयोजनामा आगलागी नियन्त्रण सम्बन्धी कृत्रिम घटना अभ्यास तथा डेमोन्स्ट्रेशन कार्यक्रम सम्पन्न भएको छ ।
सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद धिमिरेको अध्यक्षतामा तथा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली सेना कालीजंग गण पाँचकुमारी ब्यारेकका गणपति प्रमुख सेनानी उमेश खड्का, सशस्त्र प्रहरी बल नेपाल नं.१० गण हेडक्वार्टर सर्लाहीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमर बहादुर खत्री, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राई लगायत विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
त्यसैगरी ईश्वरपुर नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा आगलागी नियन्त्रणका विभिन्न अभ्यास तथा डेमोन्स्ट्रेशन प्रस्तुत गरिएको थियो । सशस्त्र प्रहरी बलको टोलीले ग्यास सिलिन्डरबाट हुने आगलागी नियन्त्रण सम्बन्धी अभ्यास प्रदर्शन गरेको थियो भने नेपाली सेना कालीजंग गणको टोलीले फायर एक्स्टिङ्गुइसर प्रयोग सम्बन्धी अभ्यास देखाएको थियो ।
त्यसैगरी गोदाम तथा गाउँ बस्ती क्षेत्रमा हुने आगलागी नियन्त्रण सम्बन्धी तीनवटै सुरक्षा निकायको संयुक्त डेमोन्स्ट्रेशन समेत गरिएको थियो । कार्यक्रममा आगलागीबाट बच्ने उपाय, विपद् व्यवस्थापन तथा आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सावधानीबारे समेत जानकारी गराइएको थियो।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र