काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समितिको कार्यदल गठन गरेको छ । वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि सो कार्यदल गठन गरिएको हो ।
मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन विशेषज्ञसहितको १५ सदस्यीय ‘टास्क फोर्स’ गठन गरिएको छ । सो कार्यदलले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन-अनुसन्धान, वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानुन संशोधनका लागि सिफारिस गर्नेछ । सूचकका आधारमा २० वटा वडामा नमूना परियोजना छनोट गरी कार्यान्वयन, प्राविधिक सहयोग तथा अनुगमन गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गरिने तथा क्षतिग्रस्त बालीनालीको राहत प्रणालीलाई सरल, प्रभावकारी र समयसापेक्ष बनाउन सुझाव दिने व्यवस्था गरिएको छ । कार्यदलले दिएको सुझावका आधारमा मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्य गरिने मन्त्रालयले जनाएको छ ।
पछिल्लो समयमा जङ्गली जनावरहरू बस्ती क्षेत्रमा आएर आक्रमण तथा बालीनाली नोक्सानी गर्न थालेपछि सम्बन्धित क्षेत्र तथा सरोकारवाला पक्षले मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा प्राविधिक तथा विशेषज्ञ सम्मिलित कार्यदल गठन गरेर प्रभावित क्षेत्रको अध्ययन गरी समस्या समाधानका लागि सुझाव दिएको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र