भोजपुर । महालेखापरीक्षक कार्यालयले आफनो ६३ औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०८१/०८२ को प्रतिवेदन अनुसार भोजपुरका नौ वटा पालिकाहरु मध्य पूर्वमा रहेको अरुण गाउँपालिकाको सवै भन्दा बढी बेरुजु रकम देखिएको छ ।
प्रतिवेदनका अनुसार सवैभन्दा कम रामप्रसाद राई गाउँपालिकाको देखिएको छ । महालेखापरीक्षकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार रामप्रसादराई गाउँपालिका २१ लख ९६ हजार, भोजपुर नगरपालिका २६ लाख ५१ हजार, आमचोक गाउँपालिका ३२ लाख ३१ ह्जार, हतुवागढी गाउँपालिका ३५ लाख ३० हजार, पौवादुङमा गाउँपालिका ५५ लाख ६६ हजार, षडानन्द नगरपालिका ८४ लाख १३ हजार, टम्केमैयुङ गाउँपालिका ९२ लाख ५५ हजार, साल्पासिलिछो गाउँपालिका एक करोड ४८ लाख ७८ हजार र सवै भन्दा बढी अरुण गाउँपालिकाको एक करोड ९० लाख ७६ हजार रहेको छ ।
रामप्रसादराई गाउँपालिकाले वित्तीय अनुशासन कायम गर्दै न्यून बेरुजु कायम गर्न सफल भएको गाउँपालिका अध्यक्ष थाम बहादुर राईले बताउनुभयो । उहाँले देखिएको बेरुजु रकम पछयौट गर्न पनि पालिका लाग्ने बताउनुभयो ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…