काठमाडौं । सर्वोच्च अदालत प्रशासनले रिट तथा निवेदन दर्ता गर्न अस्वीकार गरेको विरोधमा कानुन व्यवसायीहरूले दिउँसै लालटिन बालेर प्रदर्शन गरेका छन्।
कानुन व्यवसायीहरू नेपाल बार एसोसिएसन परिसरमा भेला भई विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले न्यायिक प्रक्रियामा अवरोध सिर्जना भएको आरोप लगाउँदै निष्पक्ष न्याय, विवेकपूर्ण निर्णय र स्वच्छ प्रक्रियाको माग गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले अदालत प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रिट तथा निवेदन दर्तामा गरिएको अवरोधले नागरिकको न्यायमा पहुँच प्रभावित भएको बताएका थिए।
नेपाल बारले न्यायपालिकाको गरिमा, पारदर्शिता र कानुनी शासनको संरक्षणका लागि आफूहरू आन्दोलनमा उत्रिएको जनाएको छ। विरोध कार्यक्रमअन्तर्गत कानुन व्यवसायीहरूले लालटिन बालेर न्यायिक अन्धकारको प्रतीकात्मक विरोधसमेत गरेका थिए।
प्रधानन्यायधीश सिफारिसको विषयमा नेपाल बारले असन्तुष्ट व्यक्त गर्दै आएको छ । वरिष्ठतम मिचेर चौथो वरीयताको न्यायाधीशलाई प्रधान्यायाधीशमा सिफारिस गरिएको भन्दै नेपाल बारले विरोध गरिरहेको छ ।
वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधानलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने बारको माग थियो । तर संवैधानिक परिषद्ले चौथो वरीयतामा रहेका न्यायाधीश मनोज शर्माको नाम सिफारिस गरेको छ । संसदीय सुनुवाइ समितिमा सुनुवाइसमेत सुरु भइसकेको छ ।















राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र