काठमाडौं । नेकपा (एमाले) का सांसद सोमनाथ पोर्तेलले सरकारले लगानीमैत्री वातावरण बनाउन नसकेको दाबी गर्नुभएको छ।
मंगलवार राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै उहाँले उद्योगधन्दा र निजी सम्पत्तिमा भएको क्षतिका घटनाले लगानीमैत्री वातावरण बन्न नसक्ने बताउनुभयो।
उहाँले उद्योगी–व्यवसायीलाई विभिन्न आरोपका आधारमा पक्राउ र थुनामा राखिँदा निजी क्षेत्रको आत्मविश्वास कमजोर भएको दाबी गर्नुभयो। साथै, क्षति पुगेका उद्योग र निजी सम्पत्तिको क्षतिपूर्ति सरकारले गर्नुपर्ने वा नपर्ने भन्ने प्रश्नसमेत उठाउनुभयो।
सांसद पोर्तेलले सरकारको आर्थिक नीति र वित्तीय संघीयताबारे स्पष्ट मार्गचित्र नदेखिएको टिप्पणी गर्दै प्रदेश र स्थानीय तहलाई स्रोत वितरण गर्ने मापदण्ड अस्पष्ट रहेको बताउनुभयो। उहाँका अनुसार स्थानीय तहको राजस्व क्षमता विकास सरकारको प्राथमिकतामा नपरेको देखिन्छ।
उहाँले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा “स्वर्गको ठेगाना उल्लेख भए पनि त्यहाँ पुग्ने बाटो नदेखाइएको” भन्दै आलोचना गर्नुभयो। उहाँले गलत दिशातर्फको नीति लिएर लक्ष्यमा पुग्न नसकिने टिप्पणी गर्नुभयो।
“सरकारले अर्थतन्त्रको पुनःसंरचना गर्ने भनेको छ,” उहाँले भन्नुभयो, “वित्तीय संघीयताको मार्गचित्र के हो ? प्रदेश र स्थानीय तहलाई स्रोत वितरणको मापदण्ड के हो ? स्थानीय तहको राजस्व क्षमता विकास सरकारको प्राथमिकतामा पर्छ कि पर्दैन ?”
उहाँले सरकारले लगानीमैत्री वातावरण र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापना गर्ने दाबी गरे पनि व्यवहारले त्यसलाई कमजोर बनाएको आरोप लगाउनुभयो। साथै, समाजवादउन्मुख अर्थतन्त्र, समावेशी विकास र सामाजिक न्यायका सिद्धान्तसँग विनियोजन विधेयक मेल नखाएको दाबी गर्नुभयो।
सांसद पोर्तेलले सुशासनका नाममा सरकारले अपनाएको शैलीप्रति पनि प्रश्न उठाउँदै नागरिकका संरचनामाथि डोजर चलाइएका घटनाले सरकारको नीति र व्यवहारबीच विरोधाभास देखिएको टिप्पणी गर्नुभयो।
राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र