काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा को नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
सिंहदरबारमा आज बसेको समितिको बैठकले उहाँको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको समितिका सभापति बोधनारायण श्रेष्ठ ले जानकारी दिनुभयो । समितिमा प्राप्त उजुरीहरू तथा प्रस्तावित कार्ययोजनामाथि विस्तृत छलफलपछि निर्णय गरिएको हो ।
सुनुवाइका क्रममा प्रस्तावित प्रधानन्यायाधीश शर्माले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । समितिले बिहान बसेको बैठकमा उहाँविरुद्ध परेका १६ उजुरीसहित कार्ययोजनाको अध्ययन गरेको थियो ।
नवनियुक्त प्रधानन्यायाधीश शर्माको पद तथा गोपनीयताको शपथ आज मंगलबार साँझ ६ बजेर १० मिनेटमा हुने भएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार शपथ समारोह साँझ सवा ६ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने तयारी गरिएको छ ।
त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेल ले उहाँलाई प्रधानन्यायाधीशमा औपचारिक रूपमा नियुक्त गर्नुहुनेछ ।
संवैधानिक परिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्ति गर्ने संवैधानिक व्यवस्था अनुसार प्रक्रिया अघि बढाइएको हो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र