काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउने क्रममा विस्थापित भएका परिवारलाई एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पुनर्स्थापना खर्चबापत उक्त रकम प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौं उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्ती हटाउने क्रममा विस्थापित हुने परिवारहरूको विवरण रुजु गरी प्रति परिवार २५ हजार रुपैयाँ एकमुष्ट रूपमा उपलब्ध गराइनेछ ।
मन्त्रिपरिषद्को निर्णय अनुसार पुनर्स्थापना प्रक्रियामा परेका प्रभावित परिवारलाई तत्काल राहत स्वरूप उक्त रकम प्रदान गरिनेछ







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र