लण्डन । प्रशिक्षक मिकेल आर्टेटाको नेतृत्वमा आर्सनल प्रिमियर लिगको उपाधि जित्न इतिहासकै सबैभन्दा नजिक पुगेको छ । बर्नलीविरुद्धको रोमाञ्चक र तनावपूर्ण खेलमा १-० को कठिन जित निकालेसँगै आर्सनल प्रिमियर लिगको उपाधिका लागि २२ वर्षदेखिको आफ्नो पर्खाइ अन्त्य गर्ने संघारमा पुगेको हो ।
अब म्यानचेस्टर सिटीले बोर्नमाउथलाई पराजित गर्न नसकेमा आर्सनलले आइतबार हुने अन्तिम खेलअघि नै उपाधि आफ्नो नाममा गर्नेछ । यसले आर्सनललाई लगातार तीनपटक दोस्रो स्थानमा चित्त बुझाउनुपरेको उपनामबाट समेत मुक्ति दिलाउनेछ ।
यदि सिटीले जित हात पारेको खण्डमा पनि आर्सनलले आगामी आइतबार क्रिस्टल प्यालेसविरुद्धको खेल जितेमा उपाधि निश्चित गर्नेछ ।
प्रिमियर लिगको इतिहासमा अहिलेसम्म अन्तिम दिन तालिकाको शीर्ष स्थानमा रहेर कुनै पनि टोलीले उपाधि गुमाउनुपरेको छैन । अर्कोतर्फ, पेप ग्वार्डिओलाले म्यानचेस्टर सिटी छोड्ने चर्चा चलिरहँदा आर्सनलका समर्थकहरू भने आफ्नो टोलीले फुटबलमा नयाँ युगको सुरुवात गर्न लागेको कुरामा विश्वस्त देखिएका छन् । इमिरेट्स स्टेडियममा खेल सुरु हुनुभन्दा ९० मिनेटअगाडि नै समर्थकहरूले पटाका र नाराबाजीसहित टोलीको बसलाई भव्य स्वागत गरेका थिए । खेलको पहिलो हाफमा काई हाभर्ट्जले हेडमार्फत् गरेको गोल नै आर्सनलको जितका लागि पर्याप्त बन्यो, यद्यपि दोस्रो हाफ निकै तनावपूर्ण रहेको थियो ।
चालु सिजनमा आर्सनलको यो आठौँ १-० को जित हो । पछिल्लो महिना म्यानचेस्टर सिटीसँग पराजित भएयता आर्सनलले आफ्ना पछिल्ला चार लिग खेलहरूमा एउटै पनि गोल खाएको छैन । यही बलियो रक्षापंक्तिका कारण आर्सनल उपाधि नजिक पुगेको हो । प्रशिक्षक आर्टेटाले खेलको जित अझ फराकिलो हुनुपर्ने भए पनि टोलीले आवश्यक पर्दा रक्षात्मक खेल खेलेर नतिजा आफ्नो पक्षमा पार्न सक्ने क्षमता प्रदर्शन गरेको बताउनुभयो । एजेन्सी







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र