काठमाडौं । सेन्ट्रल एसियाली महिला भलिबलको प्रतिष्ठित प्रतियोगिता ‘काभा महिला भलिबल च्याम्पियनसिप’ को माहोल राजधानी काठमाडौंमा तातिँदै गएको छ । यही जेठ ८ गतेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सुरु हुने प्रतियोगिताका लागि सहभागी राष्ट्रहरूको आगमन सुरु भएको छ । यसक्रममा बलियो टोलीका रूपमा चिनिएको काजकिस्तान मंगलबार काठमाडौं आइपुगेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल संघका पदाधिकारीहरूले काजकिस्तान टोलीलाई स्वागत गरेका थिए । प्रतियोगितामा नेपालसहित इरान, भारत, काजकिस्तान, किर्गिस्तान, श्रीलंका, बंगलादेश र माल्दिभ्स गरी आठ राष्ट्रको सहभागिता रहनेछ ।
यसपटकको च्याम्पियनसिपलाई नेपालका लागि विशेष अवसरका रूपमा हेरिएको छ । घरेलु समर्थकको साथ, नियमित प्रशिक्षण र पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा देखिएको सुधारिएको प्रदर्शनका कारण नेपाली टोलीमाथि समर्थकको अपेक्षा उच्च बनेको छ ।
प्रतियोगिताका लागि टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसँगै भारत, किर्गिस्तान र माल्दिभ्स रहेका छन् भने समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश परेका छन् । समूह चरणका खेलपछि शीर्ष टोलीहरू सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
नेपालले यस प्रतियोगितालाई केवल सहभागितामा सीमित नराखी उपाधि चुनौतीका रूपमा लिएको छ । मुख्य प्रशिक्षक जगदीश भट्टले बन्द प्रशिक्षणमा रहेका खेलाडीमध्ये उत्कृष्ट प्रदर्शनका आधारमा निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरिसक्नुभएको छ ।
टोलीमा सलिना श्रेष्ठ, शान्ति तामाङ, सुमित्रा रेग्मी, सुनिता खत्री, वसन्ती साउद, एलिशा मानन्धर, उषा भण्डारी, सलिना बुढा मगर, कामना विष्ट, रिमा कुँवर, मिना सुनार, प्रगति नाथ र जशना महतो हुनुहुन्छ । अनुभवी र युवा खेलाडीको संयोजन रहेको नेपाली टोलीले घरेलु कोर्टमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको छ ।नेपाल भलिबल संघका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । दर्शकको उल्लेख्य उपस्थिति रहने अपेक्षासहित कभर्डहलमा विशेष व्यवस्थासमेत गरिएको छ ।
दक्षिण तथा मध्य एसियाली महिला भलिबलमा आफ्नो प्रभुत्व स्थापित गर्न प्रतिस्पर्धी राष्ट्रहरू काठमाडौंमा जुटिरहेका बेला नेपाली टोली भने घरेलु समर्थकमाझ ऐतिहासिक सफलता हात पार्ने लक्ष्यसहित कोर्टमा उत्रने तयारीमा छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र