काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को २३औं संस्करण आगामी जेठ १३ देखि १७ गतेसम्म आयोजना हुनेभएको छ । महोत्सव काठमाडौंको क्युएफएक्स छायाँ सेन्टर मा सञ्चालन गरिने आयोजकले जनाएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवमा २९ देशका ५० भन्दा बढी फिचर, वृत्तचित्र, छोटा तथा साहसिक चलचित्र प्रदर्शन गरिने जानकारी दिइयो ।
यसवर्षको महोत्सवले मनोरञ्जनसँगै सामाजिक, सांस्कृतिक तथा समसामयिक विषयमा बहस सिर्जना गर्ने उद्देश्य राखिएको आयोजकको भनाइ छ । महोत्सवअन्तर्गत ‘नेपाल पानोरमा’ खण्डमा नेपाली समाज, संस्कृति र समकालीन जीवनलाई उजागर गर्ने स्वदेशी फिल्महरूलाई विशेष प्राथमिकता दिइने जनाइएको छ ।
महोत्सव निर्देशक राम्यता लिम्बुले यसवर्षको कार्यक्रमले दर्शकलाई केवल मनोरञ्जनमात्र नभई गम्भीर सामाजिक संवादतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘यसवर्षका फिल्म तथा कार्यक्रमहरूको सूचीले नेपाली समाजलाई असर गर्ने समसामयिक विषयमा गहिरो बहस सिर्जना गर्नेछ,’ उहाँले भन्नुभयो ।
महोत्सवको उद्घाटन भारतकी निर्देशक त्रिवेणी रार्ई निर्देशित पुरस्कार प्राप्त चलचित्र ‘सेप अफ मोमो’को नेपाल प्रिमियरबाट गरिने भएको छ । ‘छोरा जस्तै’ शीर्षकमा प्रस्तुत उक्त चलचित्रले शहर छोडेर गाउँ फर्किएकी एक महिलाको आत्मपहिचान र परम्पराबीचको द्वन्द्वलाई चित्रण गरेको बताइएको छ ।
नेपाल-स्विट्जरल्याण्ड कूटनीतिक सम्बन्धको ७०औं वर्षगाँठको अवसरमा महोत्सवले ‘अल्पाइन अलायन्सेस ः न्यू वेभ अफ नेपाली सिनेमा’ शीर्षकमा विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा स्वीस फिल्म ल्याब तथा महोत्सवमा सहभागी भइसकेका नेपाली फिल्मकर्मीबीच संवाद हुनेछ ।
त्यस्तै, ‘ह्वाट्स इन अ स्टोरी-सिनेमा एण्ड सेन्सरसिप’ शीर्षकमा प्यानल छलफल आयोजना गरिने जनाइएको छ । नेपाल-जापान कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा जापानी निर्देशक साकामोटो जुन्जी निर्देशित ‘क्लाइम्बिङ फर लाइफ’ विशेष प्रदर्शन गरिनेछ । उक्त फिल्म सगरमाथा आरोहण गर्ने पहिलो महिला जुनको ताबेईको जीवनमा आधारित छ ।
महोत्सवमा काठमाडौं डक ल्याबको दोस्रो संस्करण, छोटा फिक्सन ल्याब, स्क्रिप्ट पिचिङ फोरम तथा युवा केन्द्रित ‘आशाः ड्रिम्स इन मोसन’ कार्यक्रम पनि समावेश गरिएका छन् ।
अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा भारतकी अन्तर्राष्ट्रिय फिल्म प्रोग्रामर दीप्ति डी’कुन्हा, थाइल्याण्ड फिल्म अभिलेखालयकी निर्देशक चलिँदा उअबुमरुङ्जित, नेपालका लेखक तथा कविकुमार नगरकोटी तथा इटालीस्थित चेर्भिनो सिनेमाउन्टेन फेष्टिभलका निर्देशक लुकाबीच रहनेछन् ।
निर्णायक मण्डलले उत्कृष्ट फिचर फिक्सन, फिचर वृत्तचित्र, छोटो फिक्सन तथा छोटो वृत्तचित्र विधामा पुरस्कार प्रदान गर्नेछ । नेपाल पानोरमा निर्णायक मण्डलमा लुसी डे बारोस, निर्देशक नवीन चौहान तथा फिल्म पत्रकार एवं समालोचक रीना मोक्तान सहभागी रहनुहुनेछ । उहाँहरूले उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट फिक्सन चलचित्र छनोट गर्नुहुनेछ ।
अन्तर्राष्ट्रिय विधाका विजेतालाई एक हजारदेखि एक हजार ५०० अमेरिकी डलरसम्म नगद पुरस्कार प्रदान गरिनेछ भने नेपाल पानोरमाका विजेतालाई जनही एक लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै, किम्फ दर्शक पुरस्कारको राशि पनि एक लाख रुपैयाँ रहनेछ । सर्वसाधारणका लागि टिकट शुल्क १५० रुपैयाँ तथा विद्यार्थीका लागि १०० रुपैयाँ निर्धारण गरिएको छ । महोत्सव किम्फ फाउण्डेशनद्वारा आयोजना हुनेछ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र