पोखरा । चलचित्र ‘जलाकी’को छायांकन सम्पन्न भएको छ । निर्माण टिमका अनुसार पोखरा इन्टरनेसनल म्युजियममा अन्तिम दृश्य खिच्दै ३९ दिनमा चलचित्रको इण्डक्ल्याप गरिएको हो । पोखरामा गीतको अन्तिम दृश्य छायांकन गरिएको थियो, जसमा चलचित्रका मुख्य कलाकारलाई प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ । छायांकन सम्पन्न भएसँगै पोष्ट-प्रोडक्सनको काम सुरु गरिएको निर्देशक अशोक थापा मगरले जानकारी दिनुभयो ।
निर्माण टिमले केही दिनभित्र चलचित्रको फर्ष्टलुक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्ने तयारी गरेको छ । चलचित्रको मुख्य भूमिकामा उपासना सिंह ठकुरी रहनुभएको छ । निर्देशक अशोकसँग उहाँले ‘खुस्मा’पछि दोस्रोपटक सहकार्य गर्नुभएको हो । ‘खुस्मा’का लागि उहाँले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय चलचित्र पुरस्कारसमेत प्राप्त गर्नुभएको थियो ।
त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रमा उपासनासहित सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धिमान तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन, लुनिभा तुलाधर, संगीता थापा, भावना मगर, राज काउचालगायत कलाकारको अभिनय छ ।
चलचित्रमा विशेष भूमिकामा क्याप्टेन विजय लामा रहनुभएको छ भने बाल कलाकारका रूपमा मुञ्जन थापामगर, नुलुम्मा बान्तवा राई र रिञ्ची धनहा मगरले अभिनय गर्नुभएको छ । यसै चलचित्रमार्फत मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली रजतपटमा डेब्यु गर्नुभएको हो ।
रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ तथा पोखराका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रले मगर र गुरुङ समुदायको संस्कृति झल्काउने निर्माण पक्षको दाबी छ । चलचित्रका निर्माता ओम घर्तीमगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर, मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहनुभएको छ ।
निर्देशक अशोक थापा मगरको डेब्यु निर्देशकीय चलचित्र ‘खुस्मा’मा समावेश गीत ‘रुकुम मैकोट’ले युट्युबमा पाँच महिनामै दश करोड भ्युज प्राप्त गर्दै ऐतिहासिक रेकर्ड बनाएको थियो । उक्त चलचित्रले बक्सअफिसमा समेत उल्लेखनीय व्यापार गरेको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र