काठमाडौं । विशिष्ठ कलाकार नीर शाहको निर्देशन रहेको चलचित्र ‘कमला मिस’ साउन २२ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । चलचित्रको फष्टलुक पोष्टर सार्वजनिक भएसँगै दर्शकमाझ उत्सुकता बढेको छ । सार्वजनिक पोष्टरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई मनोवैज्ञानिक भावभंगिमामा प्रस्तुत गरिएको छ, जसले चलचित्रको कथावस्तु रहस्यमय, संवेदनशील र गहिरो हुने संकेत गरेको छ । निर्माण टिमले चलचित्रको आधिकारिक टिजर यही बिहीबार सार्वजनिक गरिने जानकारी दिएको छ ।
मनोवैज्ञानिक कथामा आधारित चलचित्रमा निर्देशक शाह स्वयंको अभिनयसँगै रमेश बुढाथोकी, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्तकुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, सञ्जय खतिवडालगायत कलाकारको अभिनय छ ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुनुहुन्छ । चलचित्र विजय मल्लको कथामा आधारित रहेको छ भने पटकथा तथा संवाद नीर शाह र प्रजल दुलालले संयुक्तरूपमा तयार पार्नुभएको हो ।
चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी छ । निर्माण व्यवस्थापन भोला सुवेदीले सम्हाल्नुभएको छ भने मुख्य सहायक निर्देशक सगर बोहरा हुनुहुन्छ ।
निर्देशक नीर शाह यसअघि ‘वासुदेव, पच्चीस वसन्त, राजमती, वसन्ती, मसान, सेतोबाघ’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसक्नुभएको छ । करिब एक दशकपछि निर्देशनमा फर्किनुभएका शाहको नयाँ चलचित्रलाई उहाँको अनुभव र सिर्जनशीलताको नयाँ अध्यायका रूपमा हेरिएको छ । चलचित्रलाई एपिल इन्टरटेनमेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् । निर्माण पक्षले नेपाली दर्शकमाझ फरक स्वादको मनोवैज्ञानिक कथा प्रस्तुत गर्ने विश्वास व्यक्त गरेको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र