काठमाडौं । वरिष्ठ निर्देशक तुलसी घिमिरेलाई चलचित्र निर्देशन क्षेत्रमा पुर्याएको दीर्घ योगदानका लागि ‘दीर्घसाधना सम्मान-२०८२’ प्रदान गरिएको छ । चलचित्र निर्देशक समाजले मंगलबार आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘श्रष्टा सर्जक अभिनन्दन’ समारोहमा उहाँलाई उक्त सम्मान गरिएको हो ।
समारोहमा चलचित्र निर्देशक समाजका संस्थापक अध्यक्ष युवराज लामा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीलगायतले घिमिरेलाई सम्मान अर्पण गर्नुभएको थियो । नेपाली चलचित्र क्षेत्रमा दशकौंदेखि सक्रिय घिमिरेले ‘बसुरी’, ‘बलिदान’, ‘चिनो’, ‘लाहुरे’, ‘दक्षिणा’, ‘कुसुमे रुमाल’, ‘देउता’ र ‘दर्पणछायाँ’ जस्ता चर्चित चलचित्र निर्देशन गर्नुभएको छ भने केही दिनअघिमात्रै उहाँको निर्देशनमा बनेको नयाँ चलचित्र ‘पहाड’ प्रदर्शनमा आएको थियो ।
कार्यक्रममा निर्देशक किरण खरेललाई ‘हीरासिंह खत्री स्मृति सम्मान-२०८२’ अर्पण गरियो । त्यसैगरी, चलचित्र ‘पूर्णबहादुर सारंगी’का लागि निर्देशक सरोज पौडेलले ‘वर्ष निर्देशक व्यावसायिक फिल्म-२०८१’ सम्मान प्राप्त गर्नुभयो । चलचित्र ‘अञ्जिला’ निर्देशन गर्नुभएका मिलन चाम्स ‘वर्ष निर्देशक कलात्मक-२०८१’ बाट सम्मानित हुनुभयो ।
यस्तै, निर्देशक दीपकप्रसाद आचार्यले चलचित्र ‘परान’का लागि ‘वर्ष निर्देशक व्यवसाय-२०८२’ तथा निर्देशक समुन्द्र भट्टले चलचित्र ‘गुन्युचोलो’का लागि ‘नवनिर्देशक कलात्मक-२०८२’ अवार्ड प्राप्त गर्नुभयो ।
समारोहमा अभिनेत्री तथा निर्देशक रेखा थापा, निर्देशक तीर्थ थापा र निर्देशक बद्री अधिकारीलाई ‘श्रष्टा सर्जक सम्मान-२०८२’ प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको विकासका लागि व्यक्तिगत रिसराग, गुटगत सोचभन्दा माथि उठ्नुपर्ने धारणा राख्नुभयो । उहाँले नेपालले अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा सक्रिय सहभागिता जनाउनुपर्ने उल्लेख गर्दै कान्स र बुसानजस्ता महोत्सवमा नेपालको उपस्थितिलाई आवश्यक बताउनुभयो ।
समारोहमा संस्थापक अध्यक्ष युवराज लामाले नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय देखिएको प्रगतिप्रति खुशी व्यक्त गर्दै सिर्जनात्मक पक्षलाई अझ बलियो बनाउन निर्देशकहरूलाई आग्रह गर्नुभयो ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र