काठमाडौं । फ्रान्सको चर्चित शहर कान्समा ७९औं कान्स फिल्म फेष्टिभलमा नेपालले पहिलोपटक आधिकारिक रूपमा आफ्नो स्टल स्थापना गरेको छ । चलचित्र विकास बोर्डले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा राखिएको उक्त स्टललाई नेपाली चलचित्र उद्योगको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेको छ ।
विश्वकै प्रतिष्ठित चलचित्र महोत्सवमध्ये एक मानिने कान्स फिल्म फेष्टिभलमा नेपालले पहिलोपटक औपचारिक उपस्थिति जनाएको हो । बोर्डका अनुसार यो पहल कुनै एक चलचित्र वा सीमित टोलीको प्रचारमा केन्द्रित नभई समग्र नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय बजार, सहनिर्माता, वितरक, दर्शक तथा छायांकन पर्यटनसँग जोड्ने दीर्घकालीन रणनीतिक प्रयास हो ।
बोर्डले जारी गरेको विज्ञप्ति अनुसार कान्समा रहेको नेपाल स्टलको स्थानीय व्यवस्थापन तथा साझेदारी बेलायतस्थित नेपाली प्रोडक्सन कम्पनी शाही प्रोडक्सनले गरिरहेको छ । स्टलमार्फत नेपाली चलचित्र, छायांकनका सम्भावना, सांस्कृतिक विविधता, नेपालको प्राकृतिक सौन्दर्यलाई विश्व चलचित्रकर्मीमाझ प्रस्तुत गरिएको बोर्डले जनाएको छ ।
चलचित्र विकास बोर्डले गत फागुन २५ गते औपचारिक सूचना प्रकाशित गर्दै कान्स स्टलमा सहभागी हुन इच्छुक चलचित्रकर्मीहरूलाई आफ्ना पोष्टर, ट्रेलर, प्रचार सामग्री तथा अन्य विवरण उपलब्ध गराउन आग्रह गरेको थियो । त्यस अनुसार विभिन्न नेपाली चलचित्र तथा परियोजनालाई स्टलमार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गरिएको बताइएको छ ।
यसैबीच विभिन्न अन्तर्राष्ट्रिय विधामा छनोट भइसकेको नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग’लाई नेपाल स्टलमा विशेष प्राथमिकताका साथ समावेश गरिएको बोर्डले जनाएको छ । चलचित्रलाई विदेशी वितरक, सहनिर्माता तथा फेष्टिभल प्रतिनिधिमाझ प्रवर्द्धन गर्ने उद्देश्यले विशेष प्रदर्शन सामग्री राखिएको बताइएको छ ।
चलचित्रकर्मीहरूका अनुसार कान्समा नेपालको औपचारिक उपस्थिति नेपाली चलचित्र उद्योगका लागि केवल प्रतिकात्मक उपलब्धिमात्र होइन, अन्तर्राष्ट्रिय सहकार्य र लगानी भित्र्याउने महत्त्वपूर्ण अवसर पनि हो । पछिल्ला वर्षमा नेपाली चलचित्रले अन्तर्राष्ट्रिय फेष्टिभलमा उपस्थिति बढाइरहेका बेला कान्समा स्थापित यो स्टलले नेपालको चलचित्र पर्यटन र विश्व बजारमा पहुँच विस्तार गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
रेडकार्पेटमा अदिती
विश्वप्रसिद्ध कान्स फिल्म फेष्टिभल अहिले फ्रान्समा भइरहेको छ । पहिलोपटक नेपाली कथानक चलचित्र ‘एलिफेन्ट्स इन द फग’ प्रिमियर हुनेभएपछि नेपाली चलचित्र वृत्तमा उत्साहको माहोल छ । यतिमात्र होइन, नेपाली उद्यमीदेखि सेलिब्रेटीसम्मले यसवर्षको संस्करणमा रेडकार्पेट हिँडेका छन् । यस्तोमा, अभिनेत्री तथा मोडल अदिती बुढाथोकीले सोमबार कान्सको रेडकार्पेटमा आफूलाई प्रस्तुत गर्नुभयो ।
यद्यपि, उहाँ बीएमडब्लु गाडीको भारतीय प्रतिनिधिको रूपमा ब्राण्ड प्रवर्द्धन गर्न कान्समा सहभागी हुनुभएको हो । विश्वचर्चित विलासी वस्तु उत्पादन गर्ने ब्राण्डहरूले कान्समा प्रवर्द्धन अभियान चलाउने गर्छन् । अदितीले सामाजिक सञ्जालमा कान्सबाट आकर्षक फोटो शेयर गर्नुभएको छ । उहाँले यो मौका दिएकोमा बीएमडब्लू इण्डियाप्रति आभार व्यक्त गर्नुभएको छ ।
हिमाली छुर्पीका भूपेन्द्र खनाल र स्नेह शर्माले झल्काए जनावर प्रेम
विश्वप्रसिद्ध कान्स फिल्म फेष्टिभलको रेड कार्पेटमा सेलिब्रिटी र प्रभावशाली व्यक्तित्वका उपस्थिति, उनीहरूका पहिरनका डिजाइन र स्टाइलले सिधै वा सांकेतिक रूपमा उठाउने मुद्दाले चर्चा पाउने गर्दछन् । सन्-२०२६को प्रतिष्ठित कान्स फिल्म फेष्टिभलको त्यस्तै माहोलमा मोरङ, उर्लाबारीका भुपेन्द्र खनाल र उहाँकी श्रीमती स्नेह शर्मा (खनाल) देखा पर्नुभएको छ ।
सेलिब्रिटीमय बनेको उक्त रेडकार्पेटमा भारतको बैंलोरमा मुख्यालय रहेको कुकुरलाई खुवाइने अन्तर्राष्ट्रिय छुर्पी ब्राण्ड ‘डक्सी च्यू’का संस्थापक उहाँहरूले घरेलु जनावरप्रतिको माया र रेखदेखको महत्त्व झल्काउन खोज्नुभएको छ । यसअघि सन्-२०२४को कान्स रेड कार्पेटमा हाल नेपालका प्रधानमन्त्री रहनुभएका बालेन्द्र शाह ‘बालेन’ सहभागी हुनुभएको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र