काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवालाई छलफलका लागि उपस्थित हुन आदेश दिएको छ ।
उहाँहरूले आफ्नो विरुद्ध जारी भएको पक्राउ पुर्जी रोक्न अन्तरिम आदेशको मागसहित सर्वोच्च अदालतमा रिट दायर गर्नुभएकाे थियाे । उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने आदेश दिएको हो ।
अदालतले अन्तरिम आदेश जारी गर्नु अघि दुवै पक्षलाई छलफलका लागि उपस्थित गराउन आदेश दिएको छ । सोहीअनुसार आगामी जेठ ११ गतेका लागि पेसी तोकिएको छ ।
यससँगै सर्वोच्च अदालतले सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा हालसम्म भएका अनुसन्धानका सम्पूर्ण विवरण पनि झिकाउन आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतले सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उहाँहरू अनुसन्धानमा सहयोग गर्न तयार रहेको भन्दै उक्त पुर्जीविरुद्ध सर्वोच्च अदालत पुग्नुभएकाे हाे ।









राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र