काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पुनः घटेर बन्द भएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको बजार मंगलबार थप दबाबमा देखिएको हो ।
लगानीकर्ताहरू पछिल्लो समय बजारको दिशा स्पष्ट हुन नसक्दा ‘वेट एण्ड वाच’को अवस्थामा रहेको देखिन्छ । केही सीमित कम्पनीमा केन्द्रित कारोबार र क्षेत्रगत उतारचढावले बजार अझै स्थिर हुन नसकेको संकेत गरेको विश्लेषकहरू बताउँछन् ।
नेप्से परिसूचक ६.५१ अंकले घटेर २७२४.३९ बिन्दुमा झरेको छ । सोमबार पनि परिसूचक १.०३ अंकले घटेको थियो । यद्यपि बजारमा लगानीकर्ताको सक्रियता भने बढेको देखिएको छ । अघिल्लो दिन दुई अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार कारोबार रकम बढेर तीन अर्ब आठ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।
मंगलबार ३४६ वटा कम्पनीका ७८ लाख १६ हजार ४७८ कित्ता सेयर किनबेच भएका छन् । बजार घटे पनि कारोबार रकममा आएको वृद्धिले लगानीकर्ताको सक्रियता कायमै रहेको संकेत गरेको विश्लेषकहरू बताउँछन् ।
कारोबार भएका कम्पनीमध्ये ११३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४५ वटाको घटेको छ भने १२ वटाको मूल्य स्थिर रहेको छ । बजारमा मिश्रित मनोविज्ञान देखिए पनि अधिकांश कम्पनीमा बिक्री दबाब कायम रहँदा समग्र परिसूचक नकारात्मक बनेको हो ।
मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै लाभ कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्य १४.२६ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा भने सिटी होटल अग्रस्थानमा रह्यो । होटलको २३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
त्यस्तै, साहस ऊर्जा कम्पनीको नौ करोड रुपैयाँ बराबरको कारोबार हुँदा आँखुखोला जलविद्युत्, कर्पोरेट डेभलपमेन्ट बैंक र एसवाई प्यानल नेपालको करिब आठ/आठ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
उपसूचकतर्फ चार समूह सकारात्मक देखिएका छन् । विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहमा हरियाली छाएको छ । तर, बैंकिङ, जलविद्युत्, होटल तथा अन्य अधिकांश समूहमा गिरावट आउँदा समग्र बजार दबाबमा परेको हो ।
लगानीकर्ताहरू पछिल्लो समय बजारको दिशा स्पष्ट हुन नसक्दा ‘वेट एण्ड वाच’को अवस्थामा रहेको देखिन्छ । केही सीमित कम्पनीमा केन्द्रित कारोबार र क्षेत्रगत उतारचढावले बजार अझै स्थिर हुन नसकेको संकेत गरेको विश्लेषकहरू बताउँछन् ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र