काठमाडौं । युवा सशक्तीकरण र शिक्षाप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै एनसेल फाउण्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यमा यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण विद्यार्थीहरूका लागि देशव्यापी ‘एनसेल एसइई छात्रवृत्ति’ कार्यक्रम घोषणा गरेको छ ।
यस कार्यक्रमअन्तर्गत एनसेल फाउण्डेसनले १०० जना विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नेछ । छात्रवृत्ति सातै प्रदेशमा सञ्चालन गरिने लिखित परीक्षा र अन्तर्वार्ताका आधारमा छनोट गरिनेछ । आर्थिक अवस्था कमजोर भए पनि उच्च शिक्षा हासिल गर्ने क्षमता भएका विद्यार्थीलाई विशेष प्राथमिकता दिइने जनाइएको छ ।
छात्रवृत्तिसँगै विद्यार्थीहरूले एनसेलबाट १२ महिनासम्म सीमित डेटा र भ्वाइस सेवासहितको निःशुल्क सञ्चार सुविधा पनि प्राप्त गर्नेछन् । यसले अध्ययन तथा अवसरहरूसँग उनीहरूलाई निरन्तर जोडिराख्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन एण्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले शिक्षा देशको भविष्य निर्माणको आधार भएको उल्लेख गर्दै भौगोलिक अवस्था र आर्थिक कठिनाइले युवाको भविष्य निर्धारण गर्न नहुने बताउनुभयो । उहाँले पारदर्शी छनोट प्रक्रियामार्फत् अवसरबाट वञ्चित तर क्षमता भएका विद्यार्थीहरूसम्म पुग्ने लक्ष्य रहेको बताउनुभयो ।
यस्तै, हन्ड्रेड ग्रुपद्वारा सञ्चालित प्रोजेक्ट शिक्षाले थप ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । सन् २०१७ देखि सञ्चालनमा रहेको यो कार्यक्रमले नेपालभरका एसइई उत्तीर्ण विद्यार्थीलाई शैक्षिक अवसर प्रदान गर्दै आएको छ । गत वर्ष पनि यस कार्यक्रममार्फत् देशभरका ५० जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका थिए ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र