काठमाडौँ । पोखरा लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
यसअघि विशेष अदालत ले उहाँलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले उक्त आदेश बदर गर्दै धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।
सर्वोच्च अदालत प्रशासनले वेबसाइटमार्फत थुनामा पठाउने आदेश बदर भएको तथा धरौटी माग गर्ने आदेश जारी भएको जानकारी दिएको छ । यद्यपि विस्तृत लिखित आदेश भने आउन बाँकी रहेको जनाइएको छ ।
विशेष अदालतले १६ पुसमा दिएको आदेशमा गुप्ताको दाबीभन्दा मुद्दासँग सम्बन्धित अन्य प्रमाणहरू विश्वसनीय देखिएको भन्दै उहाँलाई थुनामा पठाउने निर्णय गरेको थियो ।
भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ र गुप्तामाथि कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी लाई कास्कीमै कायम राख्न ५३ लाख रुपैयाँ घुस लिएको आरोप लागेको थियो ।
राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र