जयपुर । युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विस्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ सुपर जाइन्ट्समाथि ७ विकेटको शानदार जित दर्ता गरेको छ ।
जयपुरमा मंगलबार राति सम्पन्न खेलमा लखनऊले दिएको २२१ रनको विशाल लक्ष्य राजस्थानले १९.१ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गरेको हो ।
राजस्थानको जितमा मुख्य भूमिका निभाएका सूर्यवंशीले मात्र ३८ बलमा ९३ रनको आक्रामक इनिङ्स खेल्नुभयाे । उहाँको यो प्रदर्शन खेलको ‘प्लेयर अफ दि म्याच’ बन्न पर्याप्त रह्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनऊ सुपर जाइन्ट्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २२० रनको बलियो योगफल तयार पारेको थियो । तर, राजस्थानका ब्याट्सम्यानहरूको उत्कृष्ट प्रदर्शनका सामु त्यो स्कोर कमजोर सावित भयो ।
यो जितसँगै राजस्थान रोयल्स १४ अंकसहित अंकतालिकाको चौथो स्थानमा मजबुत बनेको छ भने पराजित लखनऊ सुपर जाइन्ट्स अंकतालिकाको पुछारमा रहेको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र