लन्डन । इंग्लिस प्रिमियर लिगमा आर्सनलले २२ वर्षपछि ऐतिहासिक उपाधि जितेको छ । मंगलबार राति म्यानचेस्टर सिटीले बोर्नमाउथसँग १–१ को बराबरी खेल्दै अंक गुमाएपछि आर्सेनलले सिजन सकिनुअघि नै च्याम्पियन बन्ने अवसर पाएको हो ।
सिजनभर उत्कृष्ट प्रदर्शन गरेको आर्सेनलले सिटीसँगको कडा प्रतिस्पर्धामा अन्ततः अग्रता कायम गर्दै उपाधि सुनिश्चित गरेको हो । सिटीलाई उपाधि दौड जीवित राख्न जित आवश्यक थियो, तर बराबरीमै सीमित भएपछि आर्सेनलको उपाधि पक्का भएको हो ।
यससँगै आर्सेनलले २००४ पछि पहिलो पटक प्रिमियर लिग जित्दै २२ वर्ष लामो उपाधि खडेरी अन्त्य गरेको छ । यो सफलतासँगै प्रशिक्षक मिकेल आर्टेटाको नेतृत्वमा निर्माण भएको युवा टोलीले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
आर्सेनलले यस सिजन बलियो डिफेन्स र निरन्तर प्रदर्शनका आधारमा शीर्ष स्थानमा पकड बनाएको थियो । पछिल्ला तीन सिजन लगातार उपविजेता बनेको टोलीले यस पटक अन्ततः उपाधि हात पारेको हो ।
उपाधि जितसँगै लन्डनस्थित इमिरेट्स स्टेडियम र क्लबको प्रशिक्षण केन्द्रमा समर्थक तथा खेलाडीहरूबीच उत्सव छाएको छ । अब आर्सेनलले सिजनको अन्तिम खेल र आगामी च्याम्पियन्स लिग फाइनलमा पनि ऐतिहासिक सफलता दोहोर्याउने लक्ष्य राखेको छ ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र