राैतहट । रौतहट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
राैतहटकाे चन्द्रपुर नगरपालिका-४ स्थित महेन्द्र राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय राैतहटकाअनुसार प्रहरीकाे नियमित चेकजाँच चलिरहेकै समयमा माेटरसाईकल चलाउदै आएका सिन्धुली जिल्लाका हरिहरपुरगढी गाउँपालिका-४ निवासी ३० वर्षीय अरुण जंग राई र माेटरसाईकलमा पछाडि बसेका रौतहटकाे चन्द्रपुर नगरपालिका-४ निवासी ३६ वर्षीय सन्देश कुशवारलाई ब्राउनसुगरसहित राैतहट प्रहरीले पक्राउ गरेकाे हाे ।
चन्द्रनिगाहपुरबाट पक्राउ परेका राई र कुशवारकाे साथबाट प्रहरीले ६.३८० ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका राईले चलाई आएको बा.१७ प.७४३८ नम्बरको मोटरसाइकल र उनीहरुले प्रयोग गर्दै आएको २ थान मोबाइल पनि नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेकाे जनाएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र