काठमाडौँ, ६ जेठ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा उल्लेखनीय सुधार देखिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक ३० दशमलव ०८ अङ्कले बढेर दुई हजार ७५४ दशमलव ४८ बिन्दुमा पुगेको छ। यो वृद्धि एक दशमलव १० प्रतिशत बराबर हो।
त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि तीन दशमलव ६८ अङ्कले बढेर ४७१ दशमलव ०६ मा पुगेको छ।
आज ३४६ कम्पनीको एक करोड ६ लाख ६१ हजार ४७६ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम रु तीन अर्ब ८२ करोड आठ लाख ९६ हजार ९६६ पुगेको नेप्सेले जनाएको छ।
कारोबार रकमका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक अग्रस्थानमा रह्यो। त्यसपछि आँखुखोला हाइड्रोपावर, अपि पावर कम्पनी, रिडी पावर कम्पनी र नेशनल हाइड्रोपावर शीर्ष पाँचभित्र परेका छन्।
आज अप्पर लोहोरे खोला हाइड्रोपावर, माउण्टेन हाइड्रोपावर, बुङ्गल हाइड्रोपावर, शिखर पावर डेभलपमेन्ट र सिटी होटलका लगानीकर्ताले सर्वाधिक नाफा कमाए।
यता, कर्पोरेट डेभलपमेन्ट बैंक, एसबिएल डिबेञ्चर, प्राइम डिबेञ्चर, बोटलर्स नेपाल बालाजु र नेपाल एसबिआई बैंक डिबेञ्चरका लगानीकर्ताले भने सबैभन्दा बढी घाटा बेहोरे।
आज कारोबार भएका कम्पनीमध्ये २४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको मूल्य घटेको छ।
राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र