काठमाडौं । जनकपुर नगराइनमा निधि परिवार आफ्नो एक राजनीतिक सदस्य धीरेन्द्रकुमार (श्याम) निधिको निधनले शोकमा रहेको छ भने सुर्खेतमा खड्का परिवारका अभिभावक भक्तबहादुर खड्काको निधनले खड्का परिवार शोकमा छ ।
महेन्द्रनारायण निधिका कान्छा भाइ शिवनारायणका छोरा, नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय धीरेन्द्र अहिले पनि धनुषा क्षेत्र नं. ३ को क्षेत्रीय सभापति हुनुहुन्थ्यो । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिका भाइ र निकट सहयोगी धीरेन्द्रको निधनले परिवारलाई राजनीतिक रूपमा र पारिवारिक रूपमा जति क्षति पुर्याएको छ त्योभन्दा बढी यस क्षेत्रको सामाजिक अभियानमा क्षति पुगेको महसुस भएको छ ।
निधिका पारिवारिक सदस्यका अनुसार ५९ वर्षमा एक्कासी हृदयाघातबाट केही दिन अघि मात्रै निधन हुनुभएका धीरेन्द्र निधिले स्वतन्त्रता आन्दोलनमा सहभागी हुँदै अनेक पटक जेलनेल यातना खेप्नुभएको थियो । स्वर्गीय निधिका दुई छोरा र एक श्रीमती हुनुहुन्छ । अहिले नेता विमलेन्द्र निधिसहित परिवारका अन्य सदस्यहरू नगराइनमा नै शोकमा रहनुभएको छ ।
यसैगरी सुर्खेतमा सामाजिक व्यक्तित्व भक्तबहादुर खड्काको निधनबाट यतिखेर सुर्खेतको राजनीतिक खड्का परिवार शोकमा रहेको छ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति तथा पूर्व उपसभापति पूर्णबहादुर खड्काका ८२ वर्षीय काका हुनुहुन्छ भक्तबहादुर ।
लोकतान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय भक्तबहादुरको निधनबाट परिवार तथा स्वतन्त्रता आन्दोलनले समेत गम्भीर क्षति अनुभव गरेको छ । नेता खड्का यतिबेला पितापुस्ताका अन्तिम धरोहर काका भक्तबहादुरको शोक प्रकट गर्न सुर्खेतमा नै हुनुहुन्छ ।
तर, काठमाडौंको राजनीतिक बजार भने शोकमा रहनुभएका विमलेन्द्र निधि र पूर्णबहादुर खड्कालाई लिएर निकै तातिरहेको छ । शोक, संवेदना र राजनीतिबीच निकै लामो दूरी भएर होला मानिसहरू हरेक समयमा राजनीतिको बितण्डामा नै रमाइरहेका हुन्छन्, नेपाली कांग्रेसका एक नेताको टिप्पणी यस्तै थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र