काठमाडौं । एञ्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा प्रथम एञ्जल्स हार्ट नेसनल कप जुनियर यू-१६ फुटसल प्रतियोगिता आइतबार हुने भएको छ । फाइभ ए साइड नकआउट प्रतियोगितामा आठ छात्र टिमको सहभागिता रहने आयोजक एञ्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापाले जानकारी गराउनुभयो ।
सहभागी हुने टिममा एञ्जल्स हार्ट नेसनल स्कुल, काभ्या, रोना इन्टरनेसनल एकेडेमी, समृद्धि, काठमाडौं युरो स्कुल, फ्युचर स्टार, काठमाडौं लोकशिक्षा र एञ्जल्स हार्ट मावि रहेका छन् ।
एञ्जल्स हार्टका अध्यक्ष लीलबहादुर पुन, प्रिन्सिपल थापा, एञ्जल्स स्पोर्ट्स एकेडेमीका अध्यक्ष खिम थापा, प्रतियोगिता संयोजक सुमन तिमल्सिनालगायतले शीर्ष चार स्थानमा रहने टिम तथा विधागत उत्कृष्ट खेलाडीलाई प्रदान गरिने ट्रफी पनि सार्वजनिक गर्नुभएको थियो । एकदिने प्रतियोगिताका खेलहरू मनमैजुस्थित आयोजककै हातामा खेलाइनेछ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र