काठमाडौं । नेपाली ओडिआई क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी ओडिआई अलराउण्डर वरीयतामा फेरि तीन स्थान माथि उक्लिनुभएको छ । आइसिसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र तीन स्थान सुधार गर्दै २५औँ स्थानमा पुग्नुभएको हो । । उहाँको रेटिङ अंक बढेर १५९ भएको छ ।
गत साता दीपेन्द्र ३१औँ स्थानबाट २८औँ स्थानमा उक्लिनुभएको थियो । उहाँको रेटिङ अंक त्यसबेला १५३ थियो । त्यसयता ६ अंक बढेको हो ।
घरेलु मैदानमा भएको लिगको दुई शृंखलामा गरेको प्रदर्शनबाट उहाँको वरीयतामा सुधार भइरहेको छ ।
यसअघि ओमान र युएईसँग भएको शृंखलाका चार खेलमा उहाँले दुई अर्धशतक र एक शतक प्रहार गर्दै महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँले चार विकेट पनि लिनुभएको थियो ।
यस्तै, अहिले भइरहेको नेपाल, अमेरिका र स्कटल्याण्डबीचको शृंखलामा पनि उहाँले राम्रो प्रदर्शन गरिरहनुभएको छ । स्कटल्याण्डसँगको पहिलो खेलमा ५५ रन बनाउनुभएको थियो ।
अमेरिकासँगको खेलमा चार विकेट लिँदा ब्याटिङमा भने उहाँको पालो आएन । त्यसपछि स्कटल्याण्डसँग सोमबार भएको खेलमा ब्याटिङमा दुई रनमात्र बनाउँदा बलिङमा एक विकेट लिनुभयो । टी-२०आई अलराउण्डरको वरीयतामा भने दीपेन्द्र चौथो स्थानमै यथावत् हुनुहुन्छ ।
अलराउण्डरकै वरीयतामा सन्दीप लामिछाने तीन स्थान माथि उक्लँदै ६८औँ स्थानमा हुनुहुन्छ । ललित राजवंशी १२ स्थान माथि उक्लिएर ७६औँ स्थानमा हुनुहुन्छ ।
गुल्शन झा १५ स्थान माथि उक्लिएर ८७औँ स्थानमा हुनुहुन्छ भने करण केसी पाँच स्थान तल झरेर ८९औँ स्थानमा हुनुहुन्छ ।
यसबीचमा सन्दीपले ओडिआईमा १५० विकेट पूरा गर्दै सबैभन्दा कम खेलमा त्यो उपलब्धि हासिल गर्ने कीर्तिमानसमेत बनाउनुभएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र