काठमाडौं । नेपाली गीतसंगीत तथा फेशन क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड-२०२६’ को छैटौं संस्करण आगामी असारको अन्तिम साता आयोजना हुने भएको छ । स्टार वान इन्टरटेनमेन्टले विगत वर्षझैँ यसवर्ष पनि अवार्ड आयोजना गर्न लागेको हो । आयोजकका अनुसार अवार्डमा २०२५ जनवरीदेखि २०२६ मे महिनाको अन्त्यसम्म सार्वजनिक भएका गीत तथा म्युजिक भिडियोहरूले सहभागिता जनाउन सक्नेछन् ।
अवार्डमा आधुनिक, गजल, पप, लोकपप, लोक, लोकदोहोरी, चलचित्र, राष्ट्रिय भाव, चाडपर्व, भाषाभाषी, भेग विशेष तथा भजन गीत विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । गीतसँगै म्युजिक भिडियो टिमले पनि विभिन्न विधामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ ।
कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार अवार्ड समारोहमा संगीत, मोडलिङ तथा फेशन क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका व्यक्तित्वहरूलाई ‘आजीवन योगदान सम्मान’सहित विशेष सम्मान प्रदान गरिनेछ ।
फेशनतर्फ कोरियोग्राफर, र्याम्प मोडल, पेजेन्ट मोडल, विज्ञापन मोडल, फेशन डिजाइनर, मेकअप आर्टिस्ट, हेयर स्टाइलिस्ट, इभेन्ट म्यानेजर, पेजेन्ट डिजाइनर, इभेन्ट कोअर्डिनेटर, होस्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्युटी पेजेन्ट विजेता, फेशन आइकन, फेशन फोटोग्राफर, उत्कृष्ट फेशन शो तथा पेजेन्ट, फेशन डिजाइनिङ इन्स्टिच्युट तथा अन्तर्राष्ट्रिय पेजेन्ट निर्देशकलगायत विधामा प्रतिस्पर्धा हुने जनाइएको छ ।
अवार्डका लागि आवेदन फाराम ५ जेठदेखि खुला गरिएको आयोजक संस्था स्टार वान इन्टरटेनमेन्टकी अध्यक्ष पूजा निरौलाले जानकारी दिनुभयो । आवेदन फाराम स्टार वान इन्टरटेनमेन्टको कार्यालय नयाँबानेश्वर र एसपी क्रियसन प्रा.लि.पुतलीसडकबाट उपलब्ध हुने जनाइएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र